Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठक

अब सातै प्रदेशमा  ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’

अब सातै प्रदेशमा  ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा कुलसचिव प्रा. माधव अधिकारीद्वारा प्रस्तुत भौतिक विकाससम्बन्धी लक्ष्य र कार्यक्रममा आधारित आय–व्ययको बजेट पारित भएको हो । 

बैठकमा कुलपति ओलीले नेपालको संस्कृतमा विनय र पात्रतासहित समृद्ध सम्पदा भएकाले यसको संरक्षण र प्रवर्धनसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु यस विश्वविद्यालयको विशेष जिम्मेवारी भएको बताउनुभयो ।  विश्वविद्यालयका उपकुलपति प्रा.डा धनेश्वर नेपालले गुरुकूल प्रणालीको संरक्षण गर्न र विश्वविद्यालयको स्थायी छात्रस्रोत सुनिश्चित गराउन सातै प्रदेशमा  ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’ को अवधारणा अगाडि ल्याइएको बताउनुभयो ।

gurukul_BzuDxLNd92_aakn0laszftafhe9sae9hjzxfghjl3bczowlcaq5dzsbk4mnk36d5xrwyjz1_W3q28nvkY4_y3jlobqz9362qgrzq08dk266q14ae6lyvviolos0d6vyf81n6vgy00iqotav.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार