Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

युनेस्कोको सम्भावित खतराको सूचीबाट हट्यो लुम्बिनी

युनेस्कोको सम्भावित खतराको सूचीबाट हट्यो लुम्बिनी

काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को खतराको सूचीबाट हटेको छ । युनेस्को वर्ल्ड हेरिटेज कमिटीको पेरिसमा जारी ४७ औँ विश्व सम्पदा समितिको बैठकले एक वर्षका लागि लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो । बैठकले लुम्बिनीमा संरक्षणमैत्री र सुधारका काम भइरहेको ठहरसहित यो निर्णय गरेको हो। साथै लुम्बिनीको समग्र अवस्था बुझ्न युनेस्कोले रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाउने निर्णय पनि गरेको छ ।

 यो मिसनले स्थलगत अवलोकन गरेर दिने प्रतिवेदनका आधार पुनः लुम्बिनी खतराको सूचीमा पर्ने वा नपर्ने निर्णय हुने जानकारी दिनुभयो । यसअघि पनि वल्र्ड हेरिटेज सेन्टर र इकोमसले २०२२ मा सम्पदाविज्ञ रोलेन लिन र प्रोफेसर कारिया संलग्न रहेको रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाएको थियो । उक्त मिसनले दिएको प्रतिवेदनका आधारमा युनेस्कोले २०२४ मा लुम्बिनीलाई सम्भावित खतराको सूचीमा राखेको थियो ।

दिल्लीमा गत साउनमा आयोजित ४६ औँ विश्व सम्पदा समितिको बैठकले लुम्बिनीलाई एक वर्षसम्म खतराको सूचीमा नराख्ने निर्णय गरेको थियो । भारतले एक वर्षका लागि सुधार गर्ने मौका दिनुपर्ने भन्दै संशोधन प्रस्ताव पेस गरेको थियो ।

उक्त बैठकमा सुरुमा १९ देशले भारतको प्रस्तावको स्वागत गरेका थिए । त्यस प्रस्तावको विरुद्धमा १२ बुँदे सुधारको खाका तयार गरिएको थियो । सो खाकाको आधारमा बिहीबार सम्पन्न सम्पदा समितिको २१ राष्ट्र सम्मिलित बैठकले नेपाललाई एक वर्ष मौका दिएको हो । लुम्बिनी विकास कोषले सबै कुरा समेटेर काम गरेको र यसले राम्रो परिणाम दिएको भन्दै अब संरक्षणमैत्री कामलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार