Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कांग्रेसको अनुशासन समितिमा ५० जिल्लाबाट २१ सय उजुरी

कांग्रेसको अनुशासन समितिमा ५० जिल्लाबाट २१ सय उजुरी

काठमाडौँ । नेपाली कांग्रेसका ११ केन्द्रीय सदस्यविरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार धारणा राख्दै अनुशासन समिति संयोजक केन्द्रीय सदस्य आनन्द ढुंगानाले समितिमा ११ केन्द्रीय सदस्य, एक प्रदेश सभापति र ७ जिल्ला सभापतिविरुद्ध उजुरी परेको जानकारी गराउनुभयो ।

ढुंगानाले बैठकमा ५० जिल्लाबाट करिब २१ सय जनाविरुद्ध उजुरी परेको पनि बताउनुभयो ।

ती उजुरीविरुद्ध छानबिन भइरहेको बताउँदै संयोजक ढुंगानाले भन्नुभयो, ‘अनुशासन समितिमा ५० जिल्लाबाट २१ सय उजुरी प्राप्त भएको छ । उजुरी पर्नेमा ११ जना केन्द्रीय सदस्य, एक जना प्रदेश सभापति, ७ जिल्ला सभापतिसमेत छन्,  ती उजुरीउपर छानबिन भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार