काठमाडौं । दार्चुला स्थित केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेड र आकाश डिजिटल प्रा. लि.बीच डिजिटल दस्तावेज व्यवस्थापन प्रणाली (DMS) तथा कार्य स्वचालन सफ्टवेयर सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको महाकाली नगरपालिका–४ मा अवस्थित केदारनाथ सहकारी, सूचना प्रविधिको प्रयोग, संस्थागत सुशासन, नवप्रवर्तन, पारदर्शिता तथा सदस्यहरूको आर्थिक समृद्धिमा सशक्त योगदान दिँदै आइरहेको एक अग्रणी संस्था हो। यो संस्था नेपालको राजधानी काठमाडौंबाट करिब ४० घण्टाको लामो यात्रापछि, र प्रदेश राजधानी धनगढीबाट झण्डै २० घण्टाको यात्रापछि पुगिने दुर्गम भेगमा अवस्थित छ।
देशभर सयौं सहकारीमा प्रविधिमैत्री सेवा विस्तार गरिरहेको आकाश डिजिटलले, यस सम्झौतामार्फत सुदूरपश्चिममा पनि डिजिटल पहुँच विस्तार गरेको छ।
आकाश डिजिटलले भर्खरै ८औं वार्षिक उत्सव समेत मनाएको छ । ८ औं वार्षिकोत्सवको अवसरमा असार १० गते संस्थाले ५ दिनसम्म सहकारी संस्थाहरूका लागि इन्स्टलेसन शुल्कमा ४० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com