ललितपुर । नेपाल बुद्धिचाल महासंघको केन्द्रीय कार्य समितिको बैठक ललितपुर स्थित च्यासलमा विभिन्न कार्यक्रम तय गरी सम्पन्न भएको छ। महासंघको विधान अनुसार हरेक तिन तिन महिनामा बस्नुपर्ने कार्यसमितिको बैठक महासंघका केन्द्रीय अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा सम्पन्न भएको छ ।
सोमबार सम्पन्न बैठकले आगामी भदौ १४ र १५ गते महासङ्घको नियमित दशौँ वार्षिक साधारण सभा वीरगञ्जमा सञ्चालन गर्ने तय गरेको छ। महासंघले गत जेष्ठ ७ गते भित्र आफ्ना ५५ जिल्ला संघहरूलाई जिल्ला अधिवेशन गर्न निर्देशन गरेअनुसार सम्पन्न गरेका जिल्लालाई अनुमोदन गरिनुका साथै बाँकी रहेका जिल्लाहरूमा आवश्यकता अनुसार तदर्थ समिति गठन गर्ने निर्णय समेत गरेको छ। साधारणसभा सम्पन्न गर्नको लागि उपाध्यक्ष श्याम ब्यन्जनकारको संयोजकत्वमा साधारणसभा तयारी उपसमिति र धन बहादुर बोगटीको संयोजकत्वमा बिधान संशोधन उपसमिति गठन गरेको छ।
तयारी उपसमिति सदस्यहरुमा महासचिव धरम बहादुर लामा, कोषाध्यक्ष ताराबहादुर रानाभाट , राजु ताम्राकार र सुशिला गुरुङ छन् भने बिधान उप समितिमा उपमहासचिव मोनालिसा खम्बु र बालाराम पुन रहेका छन्। यस्तै एसियन चेस फेडरेसनले स्वीकृति प्रदान गरिएको ६० राष्ट्र सहभागी हुने एसियन एमेच्योर अन्तरराष्ट्रिय बुद्धिचाल प्रतियोगिता आउदो चैत्र ८ गतेदेखि १४ गतेसम्म काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको छ।
यसै प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुने खेलाडीहरूको छनोटको रुपमा असार १६ गतेदेखि १९ गतेसम्म बुटवलमा उपमहानगर पालिका बुद्धिचाल सङ्घलाई सातौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता सञ्चालन गर्न जिम्मेवारी दिने निर्णय गरेको छ। यसैगरी महासङ्घको कार्यसमितिमा रिक्त उपाध्यक्ष पदको लागि पर्सा जिल्लाका मधेस प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव समेत रहेका शिव प्रसाद गुप्तालाई मनोनीत गरिएको छ भने सदस्य पदमा कास्की जिल्लाका राष्ट्रिय खेलाडी पूजा भण्डारीलाई मनोनित गरिएको छ।
महासङ्घको केन्द्रीय कार्यसमितिको बैठकले कोषाध्यक्ष ताराबहादुर रानाभाटलाई साधारण सभामा लेखा परीक्षण प्रतिवेदन पेश गर्ने कार्यका लागि आर्थिक संयोजकको रूपमा जिम्मेवारी प्रदान गरिएको छ। १७ जना केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष लगायत उपाध्यक्ष द्वय धनबहादुर बोगटि, श्याम व्यञ्जनकार, महासचिव धरम बहादुर लामा उपमहासचिव मोनालिसा खम्बु, कोषाध्यक्ष ताराबहादुर रानाभाटको उपस्थिति रहेको थियो। यसैगरी प्रवक्ता एवं सदस्य राजु ताम्राकार, बालाराम पुन, निरञ्जन प्रजापति, सुशील चौधरी, रमिला पोखरेल, सुशीला गुरुङ र रमिला शाही सहित १३ जनाको उपस्थिति रहेको थियो।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com