Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us
दक्षिण कोरियाली राष्ट्रपति लीको शपथ ग्रहण

'म सबैको राष्ट्रपति बन्नेछु'

'म सबैको राष्ट्रपति बन्नेछु'

एजेन्सी । दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति ली जे म्युङले आफूले दक्षिण कोरियालाई जनताले शासन गर्ने मुलुक बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । २१औं राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दै उनले जनजीविका सुधार गर्दै राष्ट्रिय अर्थतन्त्र सुधारमा विशेष जोड दिएका छन् ।

ली ले भनेका छन्, 'म दक्षिण कोरियालाई त्यस्तो मुलुक बनाउनेछु जसले द्रुतगामी आर्थिक वृद्धि र विकासमा जोड दिनेछ, जहाँ सबै सुखी र खुसी हुनेछन् र जहाँ संस्कृति पल्लवित हुनेछ ।' उनले अमेरिका र जापानसँग त्रिपक्षीय असल सम्बन्ध राख्ने पनि बताएका छन् ।

लीले विभाजित राजनीति अन्त्य गर्ने दाबी गर्दै राष्ट्रिय एकताको लागि आव्हान गरेका छन् । रोजगारीको पुनर्सिजनासँगै अर्थतन्त्रलाई लयमा फर्काउने उनको वाचा छ ।  यी सबै काम गर्ने प्रतिबद्धतासहित लीले भनेका छन्म, 'सबैको राष्ट्रपति बन्नेछु ।'

दक्षिण कोरियाको २१औँ राष्ट्रपतिका रुपमा लिबरल डेमोक्रेटिक पार्टी अफ कोरिया (डीपीके)) का नेता ली सत्तारूढ पीपुल पावर पार्टी (पीपीपी) का उम्मेदवार किम मून–सूलाई पराजित गर्दै विजयी भएका थिए । जुन ३ मा सम्पन्न मतदानबाट उनी विजयी भएका हुन् ।

जीत लगत्तै मतदाताहरुलाई धन्यवाद दिदैं पनि ली ले आफूलाई मतदाताहरुले गरेको समर्थन र दिएको जिम्मेवारी कहिल्यै नबिर्सिने भन्दै देशलाई एकताबद्ध गर्न, अर्थतन्त्र सुधार्न र उत्तर कोरियासँग शान्ति स्थापना गर्न काम गर्ने जनाएका थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार