काठमाडौँ । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आज ललितपुरको जावलाखेलमा भोटो देखाइएको छ। मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाइएको हो।
भोटो अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँगै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहरु जावलाखेल पुग्नुभएको थियो । कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो। भीडका बीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाउनुभएको थियो ।
त्यस अवसरमा राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिहरुले टीका र प्रसाद ग्रहण गर्नुभएको थियो । भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा सकिएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com