Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

स्वास्थ्य महामारी नियन्त्रणमा मन्त्रालयको सक्रियता, विपद् पूर्व सक्रियता र सजगताका लागि निर्देशन

स्वास्थ्य महामारी नियन्त्रणमा मन्त्रालयको सक्रियता, विपद् पूर्व सक्रियता र सजगताका लागि निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षा सुरु भएसँगै देखिने स्वास्थ्य महामारी नियन्त्रणका लागि सक्रियता बढाएको छ । मन्त्रालयमा महामारीजन्य विपद्को तयारीमा सक्रिय विभिन्न विभातथा महाशाखा प्रमुखहरूसँग बैठक गर्दै स्वास्थमन्त्री प्रदीप पौडेलले समयमै सजगता अपनाउन र आवश्यक तयारी थाल्न आग्रह गर्नुभयो ।

‘वर्षाको सिजन सुरु भइसकेकोले ‘पानी तथा कीटजन्य महामारीबाट जोगिन आ-आफ्नो तर्फबाट आजै तयारी थाल्नु मन्त्री पौडेलले निर्देशन दिनुभयो । मन्त्री पौडेलले विपद् आएपछि मात्र सक्रियता देखिने प्रचलन रहेको भन्दै यसपालि त्यसो हुन नहुनेतर्फ सचेत तुल्याउनुभयो । 

बैठकमा मन्त्री पौडेलले डेंगी फैलन नदिन अहिल्यैदेखि लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाउन आग्रह गर्नुभयो । यसैगरी, झाडापखाला, टाइफाइड, ज्वरोलगायतका महामारी वर्षापछि दूषित पानीका कारण फैलन सक्ने भन्दै सचेतनादेखि सजगताका सबै काम थाल्न पनि उहाँले आग्रह गर्नुभयो ।

मन्त्रालयले भारत लगायत देशमा कोभिड(१९ देखिएकाले सीमा नाकामा कडाइका लागि पर्याप्त व्यवस्थापन गर्न आवश्यक रहेकाले तीन वटै सरकारसँग समन्वय गर्ने गरी काम अघि बढाइरहेको उहाँले जानकारी गराउनुभयो । मन्त्री पौडेलले महामारी कोष प्रभावकारी बनाएर समयमै नागरिकले राहत पाउने गरी काम हुनुपर्नेमा जोड दिनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार