Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।  अहिले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको छ । गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता गठबन्धनमा खटपट चलिरहेको चर्चा भइरहेपनि प्रधानमन्त्री निवास बालुवाटारमा दुई शीर्ष नेताबीच नियमित भेटघाट भएको हो। प्रधानमन्त्री ओलीको अस्वस्थताका कारण प्रतिनिधि सभाको बैठकमा आज हुने प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार