Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
२१ दिने “सबै जुटौं, सदस्य भेटौं” अभियान

सिवाईसी साकोसद्धारा विद्याथीका लागि वित्तीय साक्षरता

सिवाईसी साकोसद्धारा विद्याथीका लागि वित्तीय साक्षरता

बेनी, म्याग्दी । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि., बागलुङको सदस्य सेवा केन्द्र, बेनी म्याग्दीको आयोजनामा सोमबार बेनी सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ ।

“सबै जुटौं, सदस्य भेटौं” भन्ने नाराका साथ संस्थाले सञ्चालन गरिरहेको २१ दिने अभियान अन्तर्गतको सो कार्यक्रममा कक्षा १० मा अध्ययनरत करिब १०० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको   थियो ।

कार्यक्रमका प्रमुख प्रशिक्षक सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बचतको महत्व, खर्च व्यवस्थापन, र दीर्घकालीन वित्तीय योजना निर्माणबारे व्याख्या गर्दै वित्तीय साक्षरताले विद्यार्थीहरूको जीवनशैली, सोच र भविष्यप्रतिको दृष्टिकोणमा ल्याउने सकारात्मक परिवर्तनबारे प्रकाश पार्नुभयो । उहाँले शिक्षासँगै आर्थिक अनुशासन पनि युवावर्गमा आवश्यक रहेको बताउदै बचतबो शक्तिको बारेमा बुझ्न सकेमा हामी कोही पनि गरिव हुनु नपर्ने धारणा व्यक्त गर्नुभएको थियो । 

त्यस्तै, सिवाईसी नेपालका कार्यक्रम अधिकृत समुन घर्ति क्षेत्रीले वित्तीय लक्ष्य निर्धारण, पारिवारिक बजेट निर्माण, र व्यवहारिक वित्त व्यवस्थापन सम्बन्धमा प्रशिक्षण गर्नुभएको थियो ।
वि.सं. २०११ सालमा स्थापना भएको बेनी सामुदायिक माध्यमिक विद्यालय म्याग्दी जिल्लाको अग्रणी शिक्षण संस्था हो, जहाँ हाल १,३०० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । स्थानीय समुदाय, अभिभावक तथा शिक्षा प्रेमीहरूमाझ यो विद्यालयले विशेष स्थान बनाएको छ ।

बालबालिका तथा किशोरकिशोरीहरूलाई प्रारम्भिक अवस्थामा नै आर्थिक शिक्षा दिई उनीहरू भविष्यमा आत्मनिर्भर र जिम्मेवार नागरिक बन्न सकून् भन्ने अपेक्षाका साथ संस्थाले यस अभियानमा विद्यालयमा वित्तीय साक्षरतालाई प्रमुख प्राथामिकतामा राखेको छ । 

कार्यक्रम बेनी सदस्य सेवाकेन्द्रका संयोजक भिमवहादुर श्रेष्ठको अध्यक्षता र सचिव माधव आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । 

063f26ea-36a0-4d4f-b6b7-c3ab70267d19.jpg
undefined
495574845_637638642581168_1776376741507559581_n.jpg
undefined
00d3b210-09c0-41af-a16b-8d089fa99e46.jpg
undefined
8262689c-bee1-4031-bc5f-8f9d24125f58.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार