Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
विश्व प्रेस स्वतन्त्रता दिवस-२०२५

निकारागुवाको ला प्रेन्सा पत्रिकालाई युनेस्को गुइलेर्मो कानो वर्ल्ड प्रेस फ्रिडम प्राइज

निकारागुवाको ला प्रेन्सा पत्रिकालाई युनेस्को गुइलेर्मो कानो वर्ल्ड प्रेस फ्रिडम प्राइज

एजेन्सी । झण्डै एक वर्षको संघर्षपूर्ण इतिहास बोकेको मध्य अमेरिकी मुलुक निकारागुवाको ला प्रेन्सा पत्रिकालाई युनेस्को गुइलेर्मो क्यानो वर्ल्ड  प्रेस फ्रिडम प्राइज -२०२५ प्रदान गरिने भएको छ । 

सञ्चारकर्मीहरुको अन्तर्राष्ट्रिय निर्णायक मण्डलको सिफारिशको आधारमा उक्त प्रतिष्ठित पुरस्कार प्रदान गर्ने निर्णय युनेस्कोले गरेको हो । उक्त पुरस्कार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर बेल्जियमको राजधानी ब्रसेल्समा मे ७ मा आयोजना हुने प्रेस स्वतन्त्रता सम्बन्धी विश्व सम्मेलनका अवसरमा प्रदान गरिने युनेस्कोले जनाएको छ । संयुक्त राष्ट्र संघका कुनै पनि निकायले पत्रकारलाई प्रदान गर्ने हालसम्मको यो एक मात्र पुरस्कार हो ।

यसै सन्दर्भमा युनेस्कोकी महानिर्देशक अउड्रे अजौलेले भन्नभुएको छ, ‘युनेस्को गुइलेर्मो क्यानो वर्ल्ड प्रेस फ्रिडम प्राइज व्यक्तिगत सुरक्षा तथा अनगिन्ती जोखिम र धम्कीका बाबजूद हामीहरुलाई सुसूचित गर्ने कार्यमा खटिने सबै पत्रकारहरुप्रति समर्पित छ ।’ 

यस्तै, सञ्चारकर्मीहरुको अन्तर्राष्ट्रिय निर्णायक मण्डलकी अध्यक्ष यासुओमी सावाले पनि ला प्रेन्साले प्रेस स्वतन्त्रता अक्षुण राख्न गरेको प्रयासको प्रशंसा गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘ला प्रेन्साले निकारागुवा जनतालाई सत्यतथ्य समाचार, सूचना र जानकारी उपलब्ध गराउने काममा साहसपूर्ण प्रत्यनहरु गरेको उहाँले बताउनुभएको छ । अन्य नागरिक संघ संगठनहरुजस्तै ला प्रेन्साले पनि धेरै दमन बेहोर्नुपरेको छ ।

निकारागुवाको राजधानी मानागुवाबाट सन् १९२६ मा सञ्चालनमा आएको ला प्रेन्साले करिब एक सय बर्षको लामो र संघर्षपूर्ण इतिहासमा थुप्रै दमन र धम्कीहरुको सामना गर्नुपरेको युनेस्कोले जनाएको छ । उक्त पत्रिकाको  वितरणमा समेत प्रतिबन्धहरु भोग्दै आएको छ । यसमा आवद्ध धेरै जसो पत्रकार हाल निर्वासनमा छन् । उनीहरु कोस्टारिका, स्पने, मेक्सिको, जर्मनी र अमेरिकामा रहेर पत्रकारिताको व्यावसायिक धर्म निर्वाहरत छन् । सन् २०२१ मा उक्त पत्रिकाको सर्वस्व हरण भएपछि हाल अनलाइन संस्करण मात्र सञ्चालनमा छ ।

सन् १९९७ मा स्थापना गरिएको युनेस्को गुइलेर्मो क्यानो वर्ल्ड प्रेस फ्रिडम प्राइज स्वतन्त्र पत्रकारिताको प्रतिरक्षाका लागि काम गर्ने विश्वका जुनसुकै मुलुकका पत्रकार एवम् पत्रकारितासम्वद्ध संघ संस्थालाई प्रदान गरिदै आएको छ ।

सन् १९८६ को १७ डिसेम्बरमा राजधानी बोगाटास्थित एल एक्स्पेक्टेडर पत्रिकाको कार्यालय अघि हत्या गरिएका कोलम्बियाली पत्रकार गुइलेर्मो कानो इसाजाको नाममा यो पुरस्कार स्थापना गरिएको हो ।

‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृतिम बौद्धिकताको प्रभाव’ भन्ने नाराकासाथ आज मे ३ विश्वभर मनाइँदैछ ।

La Prensa Nicaragua.png.jpg.webp
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार