Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
रसुवा बाढीपीडितलाई सहयोग

भक्तपुर बचत संघ: आजसम्म १३ संस्थाबाट १३ लाख ८९ हजार बढी योगदान

भक्तपुर बचत संघ: आजसम्म १३ संस्थाबाट १३ लाख ८९ हजार बढी योगदान

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले रसुवा बाढीपीडितहरुको सहयोगमा आज भदौ २२ गतेसम्म जिल्लाका १३ बचत तथा ऋण सहकारी संस्थाहरुले  कुल १३ लाख ८९ हजार ९ सय २० रुपैयाँ योगदान गरेको जनाएको छ ।

बचत संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुका अनुसार अकल्पनीय रसुवा बाढीबाट पीडित तथा प्रभावितहरुको घाउमा भक्तपुर जिल्लाका सहकारीहरुले पनि मल्हम पट्टी  लगाउनुपर्छ, यो सहकारीको मर्म र धर्म पनि हो भनेर १३ वटा साकोसबाट उद्धार कोषमा योगदान भैसकेको छ । अरुबाट पनि बिस्तारै आउने उहाँले बताउनुभयो । भक्तपुर बचत संघले रसुवा घटनाको २ दिनपछि भदौ १२ गते नै विज्ञप्ति निकालेर सक्दो सहयोग गर्न आग्रह गरेको थियो ।

बचत संघले सार्वजनिक गरेको विवरणमा ताथली बचत तथा ऋण सहकारी संस्था लि., श्री बाराही बचत तथा ऋण सहकारी, शुभकामना बचत तथा ऋण सहकारी, पारिजात बचत तथा ऋण सहकारी, चमेली कल्याणकारी बचत तथा ऋण सहकारी, मध्यपुर बचत तथा ऋण सहकारी संस्था, अग्रज महिला बचत तथा ऋण सहकारी संस्था, द्रव्य बचत तथा ऋण सहकारी संस्था, बालकुमारी बचत तथा ऋण सहकारी संस्था, उपकार बचत तथा ऋण सहकारी संस्था, सामूहिक बचत तथा ऋण सहकारी संस्था, झझल्को बचत तथा ऋण सहकारी संस्थ  र युवा बचत तथा ऋण सहकारी संस्थाले उद्धार कोषमा योगदान गरेको उल्लेख छ ।

9dcf7174-68f7-4b7d-ad8f-ec5f2fecef62.jpg

बचत संघका प्रमुख कार्यकारी धोजुले बचत संघको आग्रह अनुरुप जिल्ला भित्रका बचत तथा ऋण सहकारीहरुले संस्थागत एवम् नीतिगत निर्णय गरी सहयोग गरेको बताउनुभयो । साथै उहाँले अरु साकोसहरुबाट पनि सहयोग गर्ने आश्वासन प्राप्त भएको बताउनुभयो । प्रकाअ धोजुले भन्नुभयो, 'सहयोगको क्रम अझै जारी रहन्छ । संस्थाहरुले सञ्चालक समितिको बैठक राखेर संस्थागत निर्णय गर्नुपर्ने भएकाले केही समय लागेको हो ।'  उहाँले भोलिका दिनमा पनि कुन कुन सहकारीबाट के कति सहयोग प्राप्त भयो भन्ने विषय सार्वजनिक गर्ने बताउनुभयो

'यसरी नै अन्य सहकारीहरुबाट गरिने योगदानको रेकर्ड पनि जिल्ला संघले सार्वजनिक गर्नेछ, 'धोजुले भन्नुभयो । साथै उहाँले अन्य सहकारीहरुलाई पनि राष्ट्रिय संकटको यो समयमा सहयोगमा जोडिन अपिल गर्नुभयो ।

भक्तपुर बचत संघमा हाल आवद्ध २०१ बचत तथा ऋण सहकारी आवद्ध छन् ।

WhatsApp Image 2026-09-07 at 13.29.44.jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार