काठमाडौं । काठमाडौं महानगरपालिका ६ बौद्धस्थित सुचन्दा गुठीले भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थाको तर्फबाट रु १०००० र कार्यसमितिका पदाधिकारी एवं संस्थापक सदस्यहरुबाट स्वैच्छिक सहयोग गरी कुल ४८००० योगदान गर्ने निर्णय गरेको छ ।
गुठीले राष्ट्रिय संकटको समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम प्रदान निर्णय गरेको जनाएको छ । विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको उल्लेख गरिएको छ । विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको गुठीले जनाएको छ । यही भदौ १३ गते सम्पन्न गुठीको तेस्रो साधारण सभाका अवसरमा उक्त सहयोग उपलब्ध गराउने निर्णय गरिएको थियो ।
गुठीका अध्यक्ष रोहित दाहालको सभापतित्वमा सम्पन्न उक्त सभामा जेष्ठ नागरिक, चन्दादाता र गुठी भवन निर्माणमा सहयोग पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा सचिवको तर्फबाट सदस्य ऋषिकुमार दाहालले संस्थाले गत वर्ष सम्पन्न गरेका कार्यहरु र भावी योजनाको विवरण सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै, गुठीका कोषाध्यक्षको तर्फबाट गत बर्षको खूद आम्दानी खर्च तथा यस आवको लागि कुल ५६ लाखको अनुमानित आयव्यय विवरण पेस गरिएको थियो । सो अवसरमा विशेष अतिथि उत्तम चापागाईले छोटो समयमा संस्थाले गरेको प्रगतिबारे सन्तोष व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा ६ नं वडा कार्यालय बौद्धका वडा सदस्य एवं प्रमुख अतिथि नरेन्द्र थापाले जेष्ठ नागरिकहरुलाई दोसल्ला र अभिनन्दन पत्रद्वरा सम्मान गर्दै अधुरो भवन निर्माणका लागि सक्दो सहयोग गर्ने र गुठीका लागि भजन सामग्री र आवश्यक फर्निसिङ्ग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रमको अवसरमा संस्थाका सदस्य निर्मला नेपाल दाहालद्वारा संग्रहित भजन संग्रहको विमोचन पं नारदमणि पौडेलले गर्नुभएको थियो भने संगीतमय भजनले केही समय वातावरण गुञ्जायमान भएको थियो ।
कार्यक्रमका सभापति दाहालले सहभागीहरुलाई धन्यवाद दिदै सम्मानित जेष्ठनागरिकहरुको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्नुभएको थियो । हरिहर दाहालले संचालन गर्नु भएको उक्त कार्यक्रममा गोमा दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com