Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us
रसुवा बाढीपीडितलाई सहयोग

सल्यानको ग्रामीण साकोस पनि जोडियो सहयोगमा, ५० हजार बढी योगदान

सल्यानको ग्रामीण साकोस पनि जोडियो सहयोगमा, ५० हजार बढी योगदान

काठमाडौं । सल्यानको शारदा नगरपालिका २ स्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. ले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण भएको अपूरणीय मानवीय एवम् भौतिक क्षतिले स्तब्ध एवम् मर्माहत भएको जनाएको छ । उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ग्रामीण साकोसले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री  दैवी प्रकोप उद्धार कोषमा पचास हजार एक सय पाँच रुपैयाँ योगदान गरेको आज जनाएको छ ।

संस्था, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा कर्मचारीबाट संयुक्त योगदान गरिएको ग्रामीण साकोसले जनाएको छ । सामूदायिक हित र विपद व्यवस्थापनमा आफ्नो उपस्थिति देखाउँदै आएको ग्रामीण साकोसले उक्त सहयोग रकमले तत्कालिन आवश्यकता पूर्तिमा सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।

साकोसले आपत र विपतको समयमा पीडितहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा राज्यका सम्पूर्ण संयन्त्र, स्थानीय तह, सुरक्षाकर्मी, संघ र संस्थाको प्रयासमा हातेमालो गर्नु सामाजिक उत्तरदायित्व भएको जनाउँदै सहयोग पुऱ्याउने निर्णय लिएको जनाएको छ ।

साकोसले संकटपूर्ण तथा प्राकृतिक विपद्को घडीमा प्रभावित क्षेत्रका पीडित परिवारहरूप्रति संस्था र समग्र सहकारी परिवारको तर्फबाट गहिरो समवेदना प्रकट गर्दै यस प्राकृतिक प्रकोपमा परी जीवन गुमाउनु हुने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार