काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको अपूरणीय मानवीय एवम् भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनामा सहयोगको हात अघि बढाएको छ । नगर कार्यपालिकाको दोस्रो बैठकले बाढीमा परी दिवंगत हुनुभएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ ।
यसैबीच, नगरपालिकाले बाढी प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ७५ लाख ५५ हजार ५ सय ७५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगर प्रमुख, नगर उपप्रमुख तथा वडा अध्यक्षहरूको एक महिना बराबरको सेवासुविधा र अन्य जनप्रतिनिधिहरूको ७ दिनबराबरको सेवासुविधा समावेश गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको छ ।
यस्तै, नगरपालिकाअन्तर्गतको नगर अस्पतालका सम्पूर्ण कर्मचारी र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको २ देखि ७ दिनसम्मको पारिश्रमिक समेत सहयोगमा समेटिएको छ। यसमा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थप रकम समेत जुटाइएको नगरपालिकाले जनाएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com