काठमाडौं । चाबहिलस्थित नव सृजनशील बचत तथा ऋण सहकारी संस्था लि. ले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण भएको अपूरणीय मानवीय एवम् भौतिक क्षतिले स्तब्ध एवम् मर्माहत भएको जनाएको छ । उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नव सृजनशील साकोसले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पचपन्न हजार पाँच सय पच्पन्न रुपैयाँ योगदान गरेको आज जनाएको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम योगदान गरेको अध्यक्ष विश्वनाथ अर्यालद्वारा जारी सूचनामा उल्लेख छ ।
सञ्चालक समितिले उक्त सहयोग रकममा सहमति जनाएको संस्थाका अध्यक्षले जारी गर्नुभएको सूचनामा उल्लेख छ । सामूदायिक हित र विपद व्यवस्थापनमा आफ्नो उपस्थिति देखाउँदै आएको नव सृजनशील साकोसले उक्त सहयोग रकमले तत्कालिन आवश्यकता पूर्तिमा सहयोग पुग्ने विश्वास लिएको अध्यक्षले जनाउनुभएको छ ।
साकोसले आपत र विपतको समयमा पीडितहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा राज्यका सम्पूर्ण संयन्त्र, स्थानीय तह, सुरक्षाकर्मी, संघ र संस्थाको प्रयासमा हातेमालो गर्नु सामाजिक उत्तरदायित्व भएको जनाउँदै सहयोग पुऱ्याउने निर्णय लिएको जनाएको छ ।
साकोसले संकटपूर्ण तथा प्राकृतिक विपद्को घडीमा प्रभावित क्षेत्रका पीडित परिवारहरूप्रति संस्था र समग्र सहकारी परिवारको तर्फबाट गहिरो समवेदना प्रकट गर्दै यस प्राकृतिक प्रकोपमा परी जीवन गुमाउनु हुने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
संस्थाकातर्फबाट अध्यक्ष अर्यालले सरोकारवाला तथा सेयर सदस्यहरुको जानकारीका लागि सूचना प्रकाशित गर्नुभएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com