काठमाडौं । रुपन्देहीको ओमसतिया १ स्थित टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि. ले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण भएको अपूरणीय मानवीय एवम् भौतिक क्षतिले स्तब्ध एवम् मर्माहत भएको जनाएको छ । उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै टुगा आस्था विकास साकोसले संकटपूर्ण तथा प्राकृतिक विपद्को घडीमा दैवी प्रकोप उद्धार कोषमा रु.२,०७,०१७ (अक्षरुपी दुई लाख सात हजार सत्र रुपियाँ मात्र) योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
साकोसले आपत र विपतको समयमा पीडितहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा राज्यका सम्पूर्ण संयन्त्र, स्थानीय तह, सुरक्षाकर्मी, संघ र संस्थाको प्रयासमा हातेमालो गर्नु सामूहिक दायित्व भएको जनाउँदै केन्द्रीय संघ नेफ्स्कून लगायत सम्पूर्ण सहकारी अभियानले लिएको मानवीय सेवाको दृढ संकल्पमा ऐक्यबद्धता जनाएको छ । सोही अनुरुप संस्थाले राहत तथा पुनरुत्थान कार्यमा सहयोग पुऱ्याउने निर्णय लिएको अपिलमा उल्लेख छ ।
साकोसले संकटपूर्ण तथा प्राकृतिक विपद्को घडीमा प्रभावित क्षेत्रका पीडित परिवारहरूप्रति संस्था र समग्र सहकारी परिवारको तर्फबाट गहिरो समवेदना प्रकट गर्दै यस प्राकृतिक प्रकोपमा परी जीवन गुमाउनु हुने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
संस्थाकातर्फबाट कार्यवाहक अध्यक्ष परसुराम बास्तोला एवम् प्रबन्धक लक्ष्मण काउचाले आज संयुक्त रुपमा जारी गरेको ऐक्यबद्धता अपिलमा भनिएको छ, 'रसुवा जिल्ला स्थित भोटेकोशी नदीमा मिति २०८३ भाद्र १० गते आएको भीषण बाढीका कारण भएको अपूरणीय मानवीय क्षति, भौतिक संरचनाहरूको ध्वस्त र जनजीवन अत्यन्त कष्टकर बन्न पुगेको हृदय विदारक घटनाले संस्था परिवारलाई स्तब्ध र मर्माहत बनाएको छ ।
यस संकटपूर्ण तथा प्राकृतिक विपद्को घडीमा प्रभावित क्षेत्रका पीडित परिवारहरूप्रति हाम्रो संस्था र समग्र सहकारी परिवारको तर्फबाट गहिरो समवेदना प्रकट गर्दछौं । साथै, यस प्राकृतिक प्रकोपमा परी जीवन गुमाउनु हुने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
आपत र विपतको समयमा पीडितहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा राज्यका सम्पूर्ण संयन्त्र, स्थानीय तह, सुरक्षाकर्मी, संघ र संस्थाको प्रयासमा हातेमालो गर्नु हामी सबै नेपालीको सामूहिक दायित्व हो । यसै सन्दर्भमा, केन्द्रीय संघ नेफ्स्कून० लगायत सम्पूर्ण सहकारी अभियानले लिएको मानवीय सेवाको दृढ संकल्पमा ऐक्यबद्धता जनाउँदै, संस्थाले राहत तथा पुनरुत्थान कार्यमा सहयोग पुऱ्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.२,०७,०१७ (अक्षरुपी दुई लाख सात हजार सत्र रुपियाँ मात्र) जम्मा गरिने प्रतिबद्धता व्यक्त गर्दछौं ।
संकटको यो घडीमा मानवीय मूल्य र सहकार्यको भावनालाई आत्मसात गर्दै प्रभावित क्षेत्रको दाजुभाई तथा दिदीबहिनीहरूको पुनरागमनका लागि एकजुट भई सहयोगको हात अगाडि बढाऔं । धन्यवाद । जय सहकारी ।'
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com