काठमाडौं । बर्दियाको भुरीगाउँ मुख्य कार्यालय रहेको सिको बचत तथा ऋण सहकारी संस्था लि. ले रसुवाका बाढीपिडितहरुको सहयोगार्थ १ लाख ५१ हजार १ रुपैयाँ सहयोग घोषणा गरेको छ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्दार,राहत र पुनस्थापनामा आफ्नो ठाउँमा जुट्न र सहयोग गर्न अपिल गरेको छ ।
राष्ट्रिय विपत्तिको यस विषम परिस्थितिमा उद्धार, राहत तथा पुनर्नस्थापनाका कार्यहरूमा राज्य, नियामक निकाय राष्ट्रिय सहकारी महासंघ र नेपाल बचत तथा ऋण केन्द्रिय संघ नेफ्स्कूनको कदममा हातेमालो गर्नु आफ्नो परम सामाजिक तथा संस्थागत दायित्व भएको जनाउँदै सिको साकोसका अध्यक्ष दामोदर अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा उक्त दायित्वको बोध गर्दै सहयोग तथा ऐक्यबद्धताको निर्णय गरेको उल्लेख छ ।
सिको साकोसका अध्यक्ष दामोदर अधिकारीले आज बिज्ञप्ति जारी गरी भन्नुभएको छ, 'मिति २०८३ भाद्र १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भई जनजीवन अस्तव्यस्त बनेको खबरले सिको बचत तथा ऋण सहकारी संस्था लि। परि वार अत्यन्त दुःखी र मर्माहत भएको छ ।
राष्ट्रिय विपत्तिको यस विषम परिस्थितिमा उद्धार, राहत तथा पुनर्नस्थापनाका कार्यहरूमा राज्य, नियामक निकाय र सहकारी महासंघ र नेपाल बचत तथा ऋण केन्द्रिय संघ नेफ्स्कूनको कदम कदममा हातेमालो गर्नु हाम्रो परम सामाजिक तथा संस्थागत दायित्व हो । यसै दायित्वको बोध गर्दै सिको साकोसले देहाय बमोजिम सहयोग तथा ऐक्यबद्धताको निर्णय गरेको छ ।'
संस्थागत आर्थिक सहयोगः तत्काल राहत तथा विपद् व्यवस्थापनमा सघाउ पुऱ्याउने उद्देश्यले सिको बचत तथा ऋण सहकारी संस्था लि. ठाकुरबाबा नगरपालिका १ भुरीगाउँ बर्दियाको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोष मा रु. १,५१,००१ (अक्षरेपी एक लाख एकाउन्न हजार एक रुपैयाँ मात्र) योगदान गर्ने निर्णय गरिएको छ ।
उद्धार र राहतमा ऐक्यबद्धताः राष्ट्रिय अभियान र नियामक निकायको मार्गदर्शन अनुसार स्थानीय स्तरमा हुन सक्ने उद्धार, राहत तथा स्वयंसेवाका कार्यहरूमा संस्थाका सञ्चालक समिति तथा कर्मचारी वर्ग पूर्ण रूपमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।
शेयर सदस्य तथा समुदायमा अपिल: हाम्रा सम्पूर्ण शेयर सदस्य, शुभेच्छुक तथा अन्य विषयगत सहकारी संघ र संस्थाहरूलाई पनि आ आफ्नो ठाउँबाट स्वेच्छिक रूपमा राहत कोषमा योगदान गरी राष्ट्रिय संकटको घडीमा सहयोगी हातहरू बढाउन हार्दिक आह्वान गर्दछौं ।
विपत्मा परी जीवन गुमाउनुहुने सम्पूर्ण नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com