Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
'सहकारी पदयात्रा २०८३'

सहकारी पदयात्रामार्फत सहकार्यको नयाँ यात्रा प्रारम्भ

सहकारी पदयात्रामार्फत सहकार्यको नयाँ यात्रा प्रारम्भ

काठमाडौं । सहकारीकर्मीहरुबीच बन्धुत्व, आपसी सहकार्य र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैंक जोरपाटी शाखाको समन्वयमा आज 'सहकारी पदयात्रा २०८३' सम्पन्न भएको छ । व्यावसायिक जीवनको दौडधुप र तनाव कम गर्ने, आन्तरिक पर्यटन प्रवर्धन गर्ने, प्राकृतिक सौन्दर्यको रसस्वादन गर्ने तथा सहकारीकर्मीहरुबीचको सम्बन्धलाई थप सुदृढ पार्ने लक्ष्यसहित पहिलो पटक यति ठूलो र व्यापक स्तरको अन्तरसहकारी पदयात्रा कार्यक्रम आयोजना गरिएको थियो । व्यक्तिगत रुपमा सहकारीहरुले सानो तिनो सहभागितामा पदयात्राका कार्यक्रम गर्दै आएपनि ४ वटा नगरपालिकाभित्रका सहकारीहरुको सहभागिता तथा सहकारीको अभिभावक निकायको समन्वयमा यस्तो बृहत् पदयात्रा नभएको जानकारी गराइएको थियो । जसअन्तर्गत करिब ३२ सहकारी संस्थाबाट १ सय भन्दा बढी सहकारीकर्मीहरुले कागेश्वरी धाम नजिकको कागेश्वरी रिसोर्ट, कागेश्वरी शहिद पार्क हुँदै मणिचुड दहसम्मको बिहानीको पदयात्रामा सम्पन्न गरेका थिए । कार्यक्रममा महिला सहकारीकर्मीहरुको पनि उल्लेख्य सहभागिता थियो ।

_DSC9057_11zon.jpg
undefined

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र मेलम्ची नगरपालिका गरी ४ वटा स्थानीय तहभित्रका विभिन्न प्रकृतिका सहकारीका सञ्चालक समिति तथा व्यवस्थापन (मुख्यतया अध्यक्ष र व्यवस्थापक) को सहभागिता रहेको थियो । कार्यक्रममा सहकारी अभियन्ता एवम् बागमती प्रोस्कूनका निवर्तमान महासचिव गोविन्द काफ्ले, कास्कूनका पूर्व पदाधिकारी शालिग्राम पुडासैनी, कागेश्वरी मनोहरा नगरपालिकाको सहकारी शाखाका प्रमुख विशाली ज्ञवाली राष्ट्रिय सहकारी बैंकका व्यवसाय विकास विभाग प्रमुख केदारनाथ उप्रेती, जोरपाटी शाखा प्रमुख आर्दश धमला लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ताहरुले यस प्रकारको नवीन कार्यक्रमले अन्तर सहकारी सम्बन्धलाई बलियो बनाउने, दिगो विकासमा टेवा पुर्याउने र शारिरिक, मानसिक तथा आत्मिक शान्ति प्रदान गर्दै कार्यसम्पादनमा थप उर्जा प्रदान गर्ने भन्दै स्तुत्य प्रयासप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

_DSC9010_11zon.jpg
undefined

साथै सहकारीहरुबीच सहकार्यका नयाँ सम्भावनाको ढोका पनि यस्ता अनौपचारिक कार्यक्रमहरुले खोल्ने विश्वास वक्ताहरुको थियो । उहाँहरु सबैको भनाइ थियो यो पदयात्रा मात्र होइन, सहकार्यको नयाँ यात्रा पनि हो । सोही कारण नै पदयात्राको थिम नै यही राखिएको थियो ।

सहकारीको मूल्य, मान्यता तथा सिद्धान्त अनुसार सहकार्यमार्फत नै दिगो प्रगति र समृद्धि सम्भव छ भन्ने सन्देश प्रवाह गर्दै सहकारी संस्थाहरूबीच आपसी परिचय, अनुभव आदानप्रदान, सम्बन्ध विस्तार तथा सहकार्यको वातावरण निर्माण गर्ने समेत पदयात्राको उद्देश्य थियो ।

संयुक्त राष्ट्र संघले दिगो विकासको एक्टिभ एजेन्टका रुपमा सहकारी क्षेत्रलाई पनि मानेर वातावरणमैत्री क्रियाकलापहरुलाई केन्द्रमा राख्न अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) मार्फत आग्रह गर्दै आएको सन्दर्भमा पनि आजको पदयात्रा जोडिएको थियो ।

_DSC9002_11zon.jpg
undefined


पदयात्रापछि आयोजित संक्षिप्त कार्यक्रममा सहभागीहरुमध्येबाट एक महिला तथा एक पुरुषले पदयात्रा कस्तो रह्यो भनी फिडब्याक कमेन्टका रुपमा आफ्ना धारणा राख्दै अत्यन्त प्रशंसनीय काम भएको चर्चा गर्नुभएको थियो ।

सहभागीहरुले यस प्रकारको कार्यक्रम पहिलो भएको, समय सान्दर्भिक एवम् पर्यावरणमैत्री भएको भन्दै समयसमयमा यस्ता अनौपचारिक गतिविधिहरुलाई निरन्तरता दिन सुझाएका थिए । मौसम अनुकूल भएकाले पदयात्रीहरुले सहजताका साथ पदयात्रा सम्पन्न गरेका थिए ।

_DSC8964_11zon.jpg
undefined
_DSC8883_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार