काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमालाई नाफा–नोक्सानको दृष्टिकोणबाट हेर्न नहुने बताउनुभएको छ ।
राष्ट्रियसभामा हिजो विनियोजन विधेयकको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मेहताले स्वास्थ्य बीमा नाफामूलक व्यवसाय नभई सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम भएको बताउनुभएको हो । यसलाई सामाजिक न्याय, जोखिम बाँडफाँट र राज्यको स्वास्थ्य लगानीका रूपमा बुझ्नुपर्ने उहाँको भनाइ छ ।
मेहताले राज्यले स्वास्थ्य बीमालाई प्राथमिकताका साथ अगाडि बढाएको पनि जानकारी दिनुभयो । सरकारले आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत १५ अर्ब रुपैयाँ विनियोजन गरेको उहाँको भनाइ छ ।
चालू आर्थिक वर्षमा १० अर्ब बजेट विनियोजन गरेको भए पनि २३ अर्ब रुपैयाँभन्दा धेरै दाबी भुक्तानी गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार २०८२ मङ्सिर मसान्तसम्म स्वास्थ्य बीमा बोर्डमा आबद्ध सबै सेवा प्रदायक संस्थाको दाबी भुक्तानी फर्छ्याेट भइसकेको छ । मङ्सिरपछि प्राप्त दाबी भुक्तानीका लागि आवश्यक बजेट तथा दिगो स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयसँग समन्वय भइरहेको मन्त्री मेहताले जानकारी दिनुभयो ।
मन्त्री मेहताले धेरैजसो बिरामी व्यक्तिमात्र बीमामा आबद्ध हुँदा कार्यक्रमको दिगोपनमा समेत चुनौती थपिएको उल्लेख गर्नुभयाे । स्वास्थ्य बीमा सुधारका लागि मन्त्रालयले अल्पकालीन र दीर्घकालीन दुवै रणनीति अघि बढाएको उहाँकाे भनाइ छ । अल्पकालीन योजनाअन्तर्गत सुविधा प्याकेजको पुनरावलोकन, निजी स्वास्थ्य संस्थामा बीमा सेवाको व्यवस्थापन तथा प्रभावकारी अनुगमनलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । दीर्घकालीन रूपमा सबै क्षेत्रका कर्मचारीलाई अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध गराउने र सामाजिक स्वास्थ्य सुरक्षा कोषअन्तर्गतका सेवाहरू एकीकृत गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com