काठमाडौं । गृह मन्त्रालयले देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको नियमित अनुगमन गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । गृहमन्त्रीस्तरीय निर्णयको आधारमा मन्त्रालयका शाखा अधिकृत सङ्गम सापकोटाले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर अनुगमन त्यस्तो निर्देशन पठाएका हुन् ।
पत्रमा नियमनलाई केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउनेतर्फ अग्रसर हुनका लागि आह्वान गरिएकोे छ । नागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पुर्याउने वा प्रचलित कानुनको उल्लङ्घन गर्ने जुनसुकै पक्षलाई कानुन बमोजिम हदैसम्मको कडा कारबाही गरिने परिपत्रमा भनिएको छ ।
गृह मन्त्रालयले देशभर सञ्चालित कतिपय होटल तथा रेष्टुरेण्टहरूमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको सम्बन्धमा सर्वसाधारण नागरिकहरूबाट प्राप्त व्यापक गुनासाहरूप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गृह मन्त्रालयले आमनागरिकका गुनासाहरू सहजै दर्ता गर्न सक्ने गरी जिल्ला प्रशासन कार्यालयमा एक गुनासो सुनुवाइ संयन्त्र (हटलाइन वा द्रूत सेवा डेस्क) तुरुन्त स्थापना गर्नका लागि निर्देशन दिएको छ ।
नागरिकस्तरबाट प्राप्त हुने प्रत्येक गुनासोलाई उच्च प्राथमिकतामा राखी तत्काल समाधान गर्न अनुरोध गरिएको छ । स्थानीय प्रशासनको प्रभावकारिता र नागरिक विश्वासलाई कायम राख्न साना–तिना विषयमा गुनासोकर्ताहरू केन्द्र वा मन्त्रालयसम्म धाउनुपर्ने स्थितिको पूर्णरूपमा अन्त्य गर्ने परम्पराको अन्त्य गर्न भनिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com