Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
अनलाइन ठगीविरुद्ध अभियन्ता आरब्धको सत्याग्रह

'आज म एक्लै उभिएको छु, ताकि भोलि अर्को नेपाली एक्लै रुन नपरोस्'

'आज म एक्लै उभिएको छु, ताकि भोलि अर्को नेपाली एक्लै रुन नपरोस्'

काठमाडौं । अनलाइन माध्यमबाट हुने ठगीविरुद्ध नागरिक सचेतना र जिम्मेवारीबोधका लागि युवा नागरिक अभियन्ता आरब्धले तिमिल्सिनाले शान्तिपूर्ण सत्याग्रह गरेका छन् । अनलाइन माध्यमबाट हुने ठगीलाई रोक्न कडा कानुन बनाउनुपर्ने र तथ्यमा आधारित अनुसन्धान गर्नुपर्ने भन्दै युवावयी आरब्धले काठमाडौँको भोटाहिटीस्थित साइबर ब्युरो अगाडि प्लेकार्ड प्रदर्शन गरेका हुन् । साइबर ठगी नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण र जनचेतना अभिवृद्धि गर्नु यसको उद्देश्य भएको उनले बताए ।

पछिल्ला केही समययता सामाजिक सञ्जालमा शङ्कास्पद अनलाइन आम्दानी तथा लगानीसम्बन्धी सामग्री आक्रामक रूपमा प्रचार भइरहेको र यसबाट हुने सम्भावित जोखिमप्रति सचेतना बढाउन र डिजिटल माध्यमबाट हुने ठगीलाई रोक्न कडा कानुन बनाउनुपर्ने भन्दै आरब्धलेले सोमबार साइबर ब्युरो अगाडि प्लेकार्ड प्रदर्शन गरेका हुन् ।

WhatsApp Image 2026-06-29 at 16.16.31.jpeg
undefined

उनले ‘आज म एक्लै उभिएको छु, ताकि भोलि अर्को नेपाली एक्लै रुन नपरोस्’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । उनले आफ्नो उद्देश्य कुनै व्यक्ति वा संस्थालाई अनुसन्धान र कानुनी प्रक्रियाविना दोषी ठहर गर्नु नभई सम्भावित जोखिमप्रति सचेतना बढाउनु, तथ्यमा आधारित अनुसन्धान र नागरिक सुरक्षाको पक्षमा आवाज उठाउनु भएको बताए । 

नागरिक अभियन्ता तिमिल्सिनाले अनलाइन ठगीलाई निरुत्साहित गर्न साइबर कानुन बलियो हुनुपर्ने समेत उल्लेख गरे । त्यस्तै अनलाइन ठगीबाट बच्न स्वयं नागरिकहरू पनि सचेत हुनुपर्ने उनको भनाइ छ । 

WhatsApp Image 2026-06-29 at 16.16.26.jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार