काठमाडौं । अब बैङ्क तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व कोषको ६० प्रतिशत रकम खर्च गर्नुपर्ने भएको छ । सामाजिक उत्तरदायित्वको नाममा मनोमानी खर्च गर्नबाट नियन्त्रण गर्ने उद्देश्यले राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्ने खर्च पारदर्शी र प्रभावकारी बनाउन यस्तो व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैङ्कले ‘बैङ्क तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन २०८१’ जारी गर्दै बैङ्क तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमको कम्तीमा ६० प्रतिशत रकम सोही आवभित्र खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरेको छ ।
“इजाजतपत्र प्राप्त संस्थाले प्रत्येक आवको वित्तीय विवरण स्वीकृत भएसँगै मुनाफाबाट कोषमा जम्मा भएको रकमको कम्तीमा ६० प्रतिशत रकम सोही आवभित्र खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने छ,” राष्ट्र बैङ्कले जारी गरेको मार्गदर्शनमा भनिएको छ ।
बैङ्कको सञ्चालक समितिले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी विविध कार्य गर्ने र कोष सञ्चालन गर्ने सम्बन्धमा कार्यविधि बनाई लागु गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।
बैङ्क तथा राष्ट्रियस्तरका वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याएको रकमलाई प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत हुने गरी खर्च गर्नुपर्ने व्यवस्था गरिएको मार्गदर्शनमा गरिएको छ । मार्गदर्शनमार्फत बैङ्कहरूले शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा राहत, वातावरण, वित्तीय साक्षरता, दिगो विकास लक्ष्यका काममा यस्तो रकम खर्च गर्न पाउने प्रावधान राखिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्दा सरकारी, सामुदायिक तथा अन्य गैरनाफामूलक संस्थाका लागि मात्र गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com