काठमाडौं । नयाँ सरकार गठनपछि नेपाल भ्रमणमा आउनुभएका अमेरिकी दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेश मन्त्री एस पल कपुर दिनभर भेटघाटमा व्यस्त हुनुभएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र सहायक विदेश मन्त्री एस पल कपुर बीच मंगलबार भेटवार्ता भएको छ। भ्रमणका क्रममा कपुरले परराष्ट्र मन्त्री शिशिर खनालसँग पनि शिष्टाचार भेट गर्नुभएको छ । उहाँको दोस्रो बैठक नेपालका सूचना प्रविधि उद्यमीसँग भएको थियो जसमा नेपालमा डिजिटल पूर्वाधार सुदृढ गर्ने विषमा कुराकानी भएको बताइएको छ । क्त छलफलमा डिजिटल पूर्वाधार सुदृढीकरण, कृत्रिम बौद्धिकता (एआई) को विस्तार, साइबर सुरक्षाको सुदृढीकरण तथा प्रविधिगत सीप आदानप्रदानका विषयमा कुराकानी भएको बताइएको छ।
सोमबार उहाँले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग समेत भेट गर्नुभएको थियो । सो भेटमा नयाँ सरकारका प्राथमिकता र दुई देशबीच सहकार्यका सम्भावनाबारे छलफल भएको जनाइएको छ।
अर्थ मन्त्रालयमा सम्पन्न उक्त भेट आर्थिक सहकार्य तथा लगानीका विषयमा केन्द्रित रहेको मन्त्रालयले जनाएको छ।
सो अवसरमा नेपालमा व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे विचार आदानप्रदान हुनुका साथै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ।
नयाँ सरकार गठनपछि नेपाल भ्रमणमा आउनुभएका कपुरलाई उच्चस्तरीय कूटनीतिक सम्पर्कको रूपमा हेरिएको छ। उहाँको भ्रमणलाई नेपाल र अमेरिकाबीच सहकार्यका क्षेत्र विस्तार गर्ने प्रयाससँग पनि जोडिएको छ ।
कपुरले अमेरिकी निजी क्षेत्रका प्रतिनिधिहरूसँग नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लगानीका अवसरबारे पनि संवाद गर्नुभएको छ । उक्त छलफलमा डिजिटल पूर्वाधार सुदृढीकरण, कृत्रिम बौद्धिकता (एआई) को विस्तार, साइबर सुरक्षाको सुदृढीकरण तथा प्रविधिगत सीप आदानप्रदानका विषयमा कुराकानी भएको बताइएको छ।
बैठकमा नेपालस्थित अमेरिकी दूतावास तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। बालेन सरकार गठन पछि अमेरिकाको तर्फबाट भएको यो नै सबैभन्दा उच्च तहको भ्रमण हो।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com