अक्षय तृतीया हाम्रो सनातन हिन्दु धर्मशास्त्रमा एक अत्यन्त पवित्र तिथि हो जसलाई व्रत, दान र पुण्य कार्यको लागि अनुपम अवसर मानिन्छ यो तिथि वैशाख शुक्ल तृतीयाको दिन पर्दछ जसलाई सूर्य र चन्द्र दुवै उचाइमा रहँदा कुनै पनि शुभ कार्य आरम्भ गर्न पञ्चाङ्ग हेर्नै नपर्ने सर्वसिद्धि दिने दिनको रूपमा वर्णन गरिएको छ । ूअक्षयू भन्नाले जसको क्षय हुँदैन भन्ने जनाउँछ । अर्थात् अक्षय तृतीयाका दिन गरिएका सम्पूर्ण पुण्य कार्यहरू कहिल्यै नष्ट नहुने मान्यता रही आएको छ ।
पौराणिक दृष्टिकोणले हेर्दा अक्षय तृतीया त्रेता युगको प्रारम्भ भएको दिन पनि हो । अनि यसै दिन महर्षि वेदव्यासले श्रीगणेशको सहयोगमा महाभारतको रचना प्रारम्भ गर्नुभएको थियोे । यही दिन गङ्गा अवतरित भएकी थिइन् भन्ने मान्यता पनि हाम्रो हिन्दु शास्त्रमा पाइन्छ । कुनै पनि लगानी, विवाह, गृह प्रवेश, पूजापाठ वा तीर्थयात्रा आरम्भ गर्न यो दिन उत्कृष्ट मानिन्छ ।
अक्षय तृतीयाकै दिन भगवान् विष्णुको छैँठौँ अवतार परशुराम प्राकट्य हुनुभएको हो । परशुराम भगवान् कुनै साधारण ऋषि हुनुहुन्न थ्यो । उहाँ त सांसारिक द्वन्द्वको अन्त्य गर्ने महान् ब्राह्मण(योध्दा हुनुहुन्थ्यो । जसले अन्याय, अत्याचार र दम्भको उन्मूलनका निम्ति आफ्नो बलको प्रयोग गरेर शान्ति स्थापना गर्नुभएको थियो ।
श्रीमद्भागवत महापुराण, विष्णु पुराण, महाभारत लगायत विभिन्न शास्त्रहरूमा उल्लेख भएअनुसार परशुरामले इक्ष्वाकुवंशीय सहस्रार्जुन तथा अन्य अत्याचारी क्षत्रियहरूको एक्काइस पटक पृथ्वी भ्रमण गरेर नाश समेत गरेर पृथ्वीलाई धर्मको पथमा लगाउनुभयो । उहाँको हातमा रहेको परशु ९वन्चरो० उहाँको नामसँगै परिचित छ । जुन शक्ति, तपस्या र न्यायको प्रतीक हो ।
परशुराम न त अतीतका मात्र पात्र हनुहुन्छ । न त दिव्य क्रोधको मूर्ति उहाँ त धर्मको पुनर्स्थापनाका निम्ति आएको अवतारी शक्ति हुनुहुन्छ । जसले अन्यायको विरुद्ध खडा हुने मार्ग देखाउनुभयो । आज पनि उहँका आदर्शहरू विशेषगरी युवाहरूलाई अन्यायको विरुद्ध उभिन प्रेरणा दिन सक्छन् ।
आजको दिन हामीले ऐतिहासिक घटनालाई सम्झनु मात्र होइन यसबाट जीवनमा प्रेरणा पनि लिनुपर्दछ । अक्षय तृतीयाले बताउँछ कि पुण्य, श्रद्धा, सेवा र सत्कर्म कहिल्यै नाश हुँदैन जीवनका प्रत्येक कर्ममा यदि शुद्धता र सत्यता रह्यो भने त्यो अक्षय हुन्छ । यसर्थ अर्काको टीकाटिप्पणी भन्दा पनि आफू सत्कर्म गरेर देखाउँदै जानु चाहिँ महानता हो भनेर पनि अक्षय तृतीयाले स्पष्ट पारेको छ ।
परशुराम जयन्तीले सत्यको पक्षमा उभिने, अन्यायको विरोध गर्ने र निरन्तर साधना गर्ने मार्ग सिकाउँछ । अहिलेको समय जहाँ धर्मको परिभाषा पनि विकृत भइरहेछ त्यहाँ परशुरामजस्ता सत्पुरुषको आदर्श अझै सान्दर्भिक र शिक्षाप्रद छन् । यहाँ मलाई हिजोआजका दुईवटा भन्दा बढी चिना हेर्दिन भन्ने र दुई चार लाख भन्दा थोरैमा पुराण वाचन गर्दिन भन्ने मित्रहरूको याद आयो १ यस् किसिमका सोच भएका मानिसहरू धर्म र समाजका कलङ्क हुन् ।
आज हामीले गहिरिएर विचार गर्नुपर्छ कि के हामीले परशुरामको आत्मबल र अक्षय तृतीयाको शाश्वत मूल्यलाई आत्मसात गर्न सकेका छौँ ? कि छैनौँ ? के हामी सत्य, सेवा र साहसको मार्गमा अडिग छौं रु कि छैनौँ ? यदि होइन भने आजको दिनबाट नै एक संकल्प गरौँ है ! आफ्ना विचारहरूलाई शुद्ध, कर्मलाई धर्मसम्मत र जीवनलाई लोककल्याणकारी बनाउने दिशामा अगाडि बढौँ । हैन भने शास्त्रसम्मत कर्म नगर्नेहरूलाई समयले गतिलो झापड हानेर पतनसमेत गराउनेछ । यसरी अक्षय तृतीया र परशुराम प्रकट्य उत्सवको अद्भुत संयोग आज हामीलाई धर्म, शक्ति र सदाचारको मार्ग देखाउँदै सदा सर्वदा स्मरणीय रहन्छ ।
(कैलाश दाहाल)
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com