काठमाडौं । शनिबारको दिन स्वामीजीसँग निःशुल्क संस्कार शिक्षा कक्षामा रमाउँदै बालबालिकाहरु । साथमा उहाँहरुका अभिभाव । श्री १०००८ डा.स्वामी केशवानन्द गिरिको साथमा प्रत्येक शनिबार बिहान काठमाडौंको गौरीघाटस्थित वाग् गुरुकुलममा संस्कार शिक्षा प्रशिक्षण सञ्चालन हुँदै आएको छ । यो निःशुल्क कक्षाबाट बालबालिकासँगै अन्य थुप्रै लाभान्वित हुनुभएको छ । स्वामीजी भन्नुहुन्छ, संस्कार शिक्षा भन्नाले मानिसको चरित्र, मूल्य र आचरणलाई सकारात्मक बनाउने शिक्षा हो ।
यसैबीच, गुरुकुलमले चैतको बिदामा रहेका बालबालिकाहरुका लागि चैत २३ गतेदेखि बिहान र बेलुकी गरेर १५ दिवसीय संस्कार प्रशिक्षण कक्षा भौतिक रुपमा सञ्चालन गरिहेको छ । यसैगरी, संस्कार शिक्षा प्रशिक्षक बन्न चाहनेहरुका लागि जुममार्फत अभौतिक (अनलाइन) प्रशिक्षण पनि आज बेलुकीबाट सञ्चालन गर्न लागेको छ । वैदिक खोज तथा अनुसन्धानको क्षेत्रमा गुरुकुलममार्फत अन्य थुप्रै स्तुत्य क्रियाकलाप हुँदै आएको छ भने पञ्चाङ्ग प्रकाशनसँगै पुस्तकहरुको प्रकाशनमा पनि यसको संलग्नता छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com