Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

श्री जनकल्याण साकोस किन स्क्यान कार्यक्रममा आवद्ध भयो ?

श्री जनकल्याण साकोस किन स्क्यान कार्यक्रममा आवद्ध भयो ?

सुनसरी जिल्लाको दुहबी नगरपालिका ५ स्थित श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. हाम्रो अभिभावक संघ नेफ्स्कूनले सञ्चालन गरेको 'स्क्यान' कार्यक्रममा आबद्ध भएको छ । २०८२ साल पौष १० गते का दिन संस्थाको आफ्नै कार्यालयमा स्क्यान कार्यक्रममा आबद्ध भएसँगै समुदायमा आधारित र सदस्य केन्द्रीत हामीजस्ता साकोसहरुको अपेक्षा पनि बढेको छ । यो कार्यक्रमले हामीलाई संस्थागत जोखिमको निरन्तर सुपरिवेक्षण र सही समयमा पृष्ठपोषण गरी सही मार्गनिर्देश गर्ने विश्वास लिएका छौं । स्क्यान कार्यक्रममा हाम्रो आवद्धतासँगै योसँगका अपेक्षा र संस्थाबारे केही जानकारी राख्ने प्रयास गरेको छु । संस्थाको व्यवस्थापकको नाताले मैले संस्थागत महत्व राख्ने यी विचारहरु बुझ्न र अध्ययन गर्न सजिलो होस् भन्ने हेतुले बुँदागत रुपमा संक्षेपीकरण गरेर राखेको छु ।
 
'स्क्यान' मा आबद्धताको कारणहरु
सदस्यहरूको नियमित निरीक्षण र अनुगमन गर्न कार्यक्रममा अनिवार्य आबद्धताको आधार तयार गर्ने,
जोखिम सुपरिवेक्षण तथा गुणस्तर सुनिश्चितताका कार्यक्रमहरू विकास गरी जोखिमका आधारमा सदस्यहरूको वर्गिकरण गर्ने आधार तयार गरी स्तर अनुसारको निरीक्षण, अनुगमन र नियमित पृष्ठपोषण गर्ने, प्रमाणीकरण गर्ने,
कार्यक्रमहरू सञ्चालनका लागि नेपाल सरकार र सरोकारवालाहरूको सहकार्यको आधारहरू विकास गर्ने,
सहकारी ऐन, नियमर सङ्घको विनियम पालनाको अवस्था पहिचान गर्ने संयन्त्रको विकास गर्ने,
सदस्य संङ्घ/संस्थाहरुले आफ्ना सदस्यहरूलाई प्रदान गरेको सेवा सुविधाको अवस्था पहिचान गर्ने,
सदस्यहरूको आर्थिक र वित्तीय अवस्था तथा कोष परिचालनको अवस्था पहिचान गरी पृष्ठपोषण प्रदान गर्ने,
सदस्य संस्थाहरुबाट आवधिक रुपमा सूचकमा आधारित सूचनाहरु संकलन गरी नियमित आवधिक रुपमा नियामक निकायमा प्रतिवेदन प्रदान गर्ने,
सदस्य सङ्घ/संस्थाहरूका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर सुनिश्चितताको प्रमाणिकरणको कार्यक्रम विकास गरी सञ्चालन गर्ने,
स्थिरीकरण कोषमा सहभागिता मार्फत सुरक्षित र दिगो साकोसको आधार तयार गर्ने,
सदस्य सङ्घ/संस्थाहरूमा आन्तरिक नियन्त्रण प्रणाली विकास गरी सुशासन स्तर वृद्धि गर्न सहयोग गर्ने,
सदस्यहरूको जोखिम स्तर पहिचान गरी आवश्यक सुधारका उपायहरू अबलम्वन गर्ने र गराउने ।
संस्थाको अवस्था र परिवेश अनुसार सदस्य सङ्घ/संस्थाभार नपर्ने गरी गुणस्तरीय पृष्ठपोषणका साथै आवश्यक कुरामा सहयोग पुर्याउने ।
11.jpeg
undefined
 
 
स्क्यानको अनुगमन विधि र यसले जनकल्याण साकोसलाई पुग्ने फाइदा
नेफ्स्कूनले एक्सेस कार्यक्रममा अभ्यासरत श्री जनकल्याण साकोसको हाल स्क्यान कार्यक्रमको म्यानुअल अनुरुप स्थलगत एवम् गैरस्थलगत सुपरिवेक्षण गर्नेछ ।121 संस्थाको मुख्य कार्यालय भएको स्थानमा नै गई एक्सेस कार्यक्रम सञ्चालन निर्देशिका बमोजिम भए, नभएको परिक्षण गर्ने र सुधारका लागि पृष्ठपोषण दिने गर्दछ । सेवा केन्द्र सञ्चालन गरेका साकोसहरुको लागि आवश्यकता अनुसार सेवा केन्द्रको समेत परीक्षण गरी पृष्ठपोषण प्रदान गर्दछ । नेफस्कुनले स्क्यान कार्यक्रममा आवद्ध संस्थाको अर्धबार्षिक रुपमा लागत योगदानको आधारमा क्यूरीमा–३६० कार्यशाला सञ्चालन गरी पहिचान भएका जोखिम व्यवस्थापनमा सहजीकरण गर्ने गर्दछ । 
 
फाइदाहरु:
परिवर्तित कानूनी वातावरणमा अनुकुलन गरी संस्थागत विकास सुनिश्चित गर्न,
नियमित जोखिम सुपरिवेक्षण गराई जोखिम व्यवस्थापन सक्षमता विकास गर्न,
गुणस्तर सुनिस्चितताका कार्यक्रमहरु मार्फत ब्राण्ड प्राप्त गर्न,योजनाबद्ध रुपमा संस्था सञ्चालनको सुनिश्चित गर्न,
सहकारीमैत्री व्यवस्थापन सुनिश्चित गर्न,
स्थिरीकरण कोषमार्फत जोखिम व्यवस्थापन सुनिश्चित गर्न,
क्यूरीमा–३६० कार्यशाला मार्फत क्षेत्रगत जोखिम न्यूनीकरण गर्न,
प्रबिधिमा आधारित जोखिम सुपरिवेक्षणको अभ्यास गर्न,
संस्था सञ्चालनमा स्तरीयता कायम गर्न ।
12.jpeg
undefined
 
संक्षिप्तमा श्रीजनकल्याण साकोस
२०५७ साल बैशाख १० गते  दुहबीका अगुवा तथा जागरुक व्यक्तिहरुको भेलाले नगरोन्मुख दुहबी गा.वि.स. र वरिपरिका गाउँ विकास समितिलाई समेटने गरि एउटा वित्तिय सहकारी संस्थाको आवश्यकता महसुस गरी ३१ जनाको बैठक वर्तमान तदर्थ कार्यसमितिको गठन गयौ र उक्त भेलाले मिति २०५७ पुष ५ गते तत्कालिन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, इनरुवा, सुनसरीमा श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को नाममा यो संस्था  विधिवत दर्ता रुपमा दर्ता भयो । स्थापना कालमा ३१ जनाबाट जनही प्रति कित्ता १०० का दरले ५ देखि ५० कित्ता संकलन गरि जम्मा रु. ५४,०००।– (चवन्न हजार) पूँजी संकल्न गरि संस्था संचालन शुरु गरिएको थियो । स्थापना कालमा दुहबी–७ मा रहेको झिङलु चौधरीको एउटा कोठा वहालमा लिएर संस्थाको कार्यालय सञ्चालन गरिएको थियो । कार्यालयको आवश्यक फर्निचरहरु विभिन्न सदस्य मित्रहरुबाट सौजन्यता स्वरुप प्राप्त भएको थियो । 
 
प्रारम्भिक साधारण सभा २०५७/१२/४ भएको थियो, जसमा उपस्थिति १८७ जना सदस्यहरुले संस्था खोल्ने निर्णय तथा कुशल चन्द विश्वासको अध्यक्षतामा ११ सदस्यीय तदर्थ सञ्चालक समिति गठन गरियो ।
 
यहि तदर्थ सञ्चालक समितिले संस्थाको प्रस्तावित विनियमको मस्यौदा तयार गरी मिति २०५७ पुष ५ स्थापना दिवसको रुपमा मनाउदै आएको छ ।
 
संस्थाको हालको वित्तिय अवस्था:
(१) जम्मा शेयर सदस्य: ३०६२ जना
)२) शेयर पूँजी: रु. २,४६,७१,५००
(३) कुल जगेडा कोष: रु. ८५,१९,५४९.७७
(४) कुल बचत/निक्षेप: रु. २१,५०,९५,११७.१५
(५) सदस्यलाई ऋण लगानी: रु. १९,६३,६५,५४३.००
(६) कुल बासलात: रु. २८,३९,६९,८२०.१२
(७) तरलता: २२.६७ प्रतिशत
13.jpeg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार