Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

जापानमा मध्यावधि निर्वाचन: प्रधानमन्त्री ताकाइची नेतृत्वको सत्तारुढ दललाई भारी बहुमत

जापानमा मध्यावधि निर्वाचन: प्रधानमन्त्री ताकाइची नेतृत्वको सत्तारुढ दललाई भारी बहुमत

काठमाडौं  । जापानको मध्यावधि निर्वाचनमा प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले भारी बहुमत हासिल गरेको छ । जापानी सार्वजनिक सञ्चार माध्यम एनएचकेका अनुसार हिजो आइतबार सम्पन्न चुनावमा एलडीपीले तल्लो सदनका ४६५ मध्ये ३१० भन्दा बढी सिट जितेको छ, जुन दोस्रो विश्वयुद्धपछि पहिलोपटक कुनै एक दलले दुईतिहाइ बहुमत प्राप्त गरेको हो । गठबन्धनसहित सत्तारुढपक्षले ३४० भन्दा बढी सिट जितेको छ ।

चुनावलाई आफ्नै नेतृत्वमाथिको जनमतका रूपमा प्रस्तुत गरेकी ताकाइचीले मतदातालाई धन्यवाद दिँदै आर्थिक तथा वित्तीय नीतिमा ठूलो परिवर्तन ल्याउने जनादेश आफूले पाएको बताइन् । चार महिनाअघि मात्र जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी कठोर धारणा भएकी रूढिवादी नेतृ ताकाइचीको लोकप्रियता उच्च रहेको बताइएको छ ।

यो जितसँगै एलडीपीले माथिल्लो सदनको अवरोध पार गर्न, संविधान संशोधन प्रस्ताव गर्न र तल्लो सदनका सबै समितिको नेतृत्व गर्न सक्ने अवस्था बनेको छ । यसले वृद्ध जनसंख्या, महँगी, कमजोर येन र चीनसँग चिसिएको सम्बन्धजस्ता चुनौती समाधान गर्न ताकाइचीलाई बलियो जनादेश दिएको विश्लेषण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार