Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
माघ २५ गतेदेखि २९ गते सम्म

चितवनमा अन्तर्राष्ट्रिय डेरी एक्स्पो हुँदै

चितवनमा अन्तर्राष्ट्रिय डेरी एक्स्पो हुँदै

काठमाडौं । चितवन जिल्ला दुग्ध सहकारी संघको आयोजनामा माघ २५ गतेदेखि २९ गते सम्म चितवन भरतपुरमा 'अन्तर्राष्ट्रिय डेरी एक्स्पो' आयोजना हुँदैछ । डेरीमा प्रविधि अर्थतन्त्रमा सृमद्धि भन्ने नारासहित आयोजना हुने उक्त एक्स्पोमा सम्पुर्ण जिल्ला दुग्ध उत्पादक सहकारी संघ तथा संस्थाहरुलाई आ आफ्नो संघ संस्थाको व्यानर सहित अनिवार्य उपस्थिति तथा अवलोकनका लागि संघले हार्दिक अनुरोध गरेको छ ।

केन्दीय दुग्ध सहकारी संघ लि.ले दुधको खपत बढाऔं, अर्थतन्त्रलाई सबल बनाऔं भन्ने नारालाई चरितार्थ गर्न विभिन्न कार्यक्रहरु आयोजना गर्दै आएको छ । चितवन जिल्ल दुग्ध सहकारी संघका अतिरिक्त चितवन उद्योग संघ भरतपुर आयोजक रहेको उक्त एक्स्पोलाई नेपाल उद्योग परिसंघ काठमाडौं तथा केन्द्रीय दुग्ध सहकारी संघ लि.ले अनुमोदन गरेका छन् ।

624680668_4682733655382545_7821675309852450068_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार