काठमाडौं । टोखा ३ स्थित कृष्णबहादुर श्रेष्ठको पुस्तौनी पेशा र प्रेम हो चाकु । ५ वर्षको उमेरमै आफ्ना हजुरबुबाबाट चाकु पाककलाको ज्ञान लिन उनले शुरु गरे । कम्पनी नै स्थापना नभएपनि घरमै चाकु बनाउने र बिक्री गर्ने काम अघिल्ला पुस्ताहरुबाटै हुँदै आएको थियो । चाुकको माहोलकाबीच उनमा पनि यसमै प्रेम बस्यो । बुबाबाट पनि चाकु पाककलाको ज्ञान भरपूर लिए र उनी यही पेशामा होमिए ।
चाकुको प्रवर्धन, विकास र विस्तारका लागि संगठनमार्फत एकताबद्ध प्रयासको अुगवाई गरे । टोखामा मात्र होइन उनी मुलुकभर चिनिए । नाम कमाए, दाम कमाए अनि यही कलालाई चिनाउन आज पर्यन्त लागिरहेका छन् । नेपालको पहिलो चकलेट चाकुको फाइदा धेरै रहेको उनको ठम्याइ छ । आउनुहोस् आज चाकु खाने विशेष दिनमा यी चाकु पौरखी र पारखी कृष्णबहादुरबाट चाकुको इतिहास, टोखा र चाकुको सम्बन्ध अनि यो उद्यम र यसका सम्भावना आदिबारे भिडियो अन्तर्वार्तामार्फत जान्ने बुझ्ने प्रयास गरौं ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com