Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी ललितपुरमा शुरु

बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी ललितपुरमा शुरु

काठमाडौं । बागमती प्रदेश सरकारका आन्तरिक मामिला मन्त्रालय तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी ललितपुरमा शुरु भएको छ । 

गोष्ठीमा प्रदेशअन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ । 

उद्घाटन सत्रमा गृहसचिवसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत सुरक्षा  अधिकारीहरूको उपस्थिति रहेको छ ।

गोष्ठीमा प्रदेशभित्रको समग्र शान्ति–सुरक्षा अवस्था, अन्तरनिकाय समन्वय, अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा आगामी दिनमा अवलम्बन गर्नुपर्ने सुरक्षा रणनीतिबारे छलफल हुने गृह प्रशासनले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार