काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सुर्खेत घटनामा दोषीलाई कारबाही गर्ने र पीडितलाई न्याय दिलाउने विषयमा संघले कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।
नेफ्स्कूनको सुर्खेत सदस्य सेवा कार्यालयका कर्मचारीद्वय मदनकुमार चन्द र पुष्पराज तिमल्सिनामाथि कार्यालयभित्र संघका सञ्चालक सदस्य वीरबहादुर रावत भोटेले गरेको दुरव्यवहारको घटनाका सम्बन्धमा ढकालले धिप्री डटकमसँग भने, ‘गल्ती गर्ने जोसुकैलाई विधि र प्रक्रियासम्मत् हिसाबले नेफ्स्कून बोर्डले एक्सन लिन्छ । यसमा म अभियानलाई आश्वस्त बनाउन चाहन्छु ।’
अध्यक्ष ढकालले सुर्खेत घटनाको प्रकृतिका सम्बन्धमा शुक्रबार दिउँसो ४ बजेदेखि आज बिहानसम्म आफ्नो निरन्तरको समन्वय र सक्रियताले प्राप्त गरेको जानकारी, सूचना, तिनको संश्लेषण र अनुभवका आधारमा भन्नुपर्दा यो दुःखद र पदीय दायित्व निर्वाहमा जवाफदेही हुन नसकेको जनाएका छन् ।
दोषी उपर कारबाही हुने कुराको प्रारम्भिक संकेत उनले आज बिहान फेसबुक पोष्टमार्फत गर्दै सुर्खेत घटनामा सञ्चालकले जिम्मेवारी र जवाफदेहिताको कमी भएको उल्लेख गरेका छन् ।
स्मरणीय छ, सुर्खेत घटनामा नेफ्स्कून सञ्चालक भोटेको कुकृत्यको सर्वत्र निन्दा एवम् भर्त्सना भएको छ । सहकारी व्यवस्थापकहरुका विभिन्न फोरमहरुले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी कर्मचारी कुट्ने सञ्चालकमाथि हदैसम्मको कारबाहीको माग गरेका छन् । साथै अभियानकर्मीहरुले व्यक्तिगत रुपमा पनि यो विषयलाई गम्भीर रुपमा लिन र दोषी उपर कारवाही गर्न दबाब सिर्जना गरेका छन् ।
उनीहरुले मिलापत्रको नाममा घटनाका दोषीलाई उन्मुक्ति दिन नपाइने भन्दै नेफ्स्कून बोर्डप्रति खबरदारी समेत गरेका छन् । देशभरबाट भैरहेको विरोधका कारण नेफ्स्कून यतिखेर दबाबमा छ । सोही विषयमा अध्यक्ष ढकालले भने, ‘म व्यक्तिगत रुपमा पनि यस्ता विषयमा सम्झौता गर्ने मान्छे होइन, मेरो प्रवृत्ति सम्झौतापरस्त होइन । यति भनेपछि यहाँहरुले बुझिहाल्नुहुन्छ ।’
घटनाको प्रारम्भिक अनुसन्धान र विश्लेषणबाट उक्त निष्कर्षमा पुगेको उनले बताए । आजै सञ्चालक समितिको भर्चुअल बैठक अघि व्यवस्थापन र स्थानीय सञ्चालकको प्रारम्भिक प्रतिवेदनसमेत प्राप्त हुने भन्दै सबैलाई आधार मानेर बैठकले चित्तबुझ्दो निर्णय लिने प्रतिबद्धता नेफ्स्कून अध्यक्षले जनाए ।
उनले भने, ‘मैले आज बिहानमात्रै पनि सामाजिक सञ्जालमार्फत स्पष्ट पारेको छु, र तपाईंसँग पनि यही विषय राख्छु, विधिसम्मत हिसाबले नेफ्स्कून बोर्डले आज निर्णय गर्छ । उनले घटनाबारे आफूले जानकारी पाउना साथ पहिलो काम भनेको कर्मचारीहरुलाई प्रहरी नियन्त्रणबाट बाहिर ल्याउने भएकाले त्यसको समन्वय गरेको बताए । ‘मेरो पहिलो कर्तव्य नै त्यही थियो, ’अध्यक्ष ढकालले भने, ‘त्यो सबैको साथ सहयोगमा सम्भव भयो । त्यही राती सवा १० बजे कर्मचारीहरु छुट्नुभयो । जाहेरी फिर्ता गराउने काम भयो ।’
उनले थपे, ‘प्रतिकूल मौसमका कारण नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत सुर्खेत जान नसकेपनि नजिकका सञ्चालक तथा स्थानीय अभियान एवम् व्यवस्थापनको सहयोगमा घटनाको प्रारम्भिक प्रतवेदन (प्रिलिमिनरी रिपोर्ट) तयार भएको छ, त्यसमा आज बोर्ड बैठकमा छलफल हुन्छ र उपयुक्त एवम् आवश्यक निर्णय लिइन्छ ।’ उनले नेफ्स्कून बोर्डको निर्णय अभियानका लागि चित्तबुझ्दो हुने विश्वास समेत दिलाए ।
यस किसिमका घटना पुनरावृत्ति नहुने गरी र अभियानले ठीकै हो भने गरी मसिनो छानविन पछि हुने समेत ढकालले जनाए ।
यस्तो छ ढकालले आज बिहान फेसबुकमा गरेको पोष्ट
नमस्कार सम्पुर्ण सबैमा।
स्वयम आफुपनी उपत्यका बाहिर रहेको अवस्था भएको र ब्यबस्थापन,संचालक समिती,अभियान,सन्चारक्षेत्र,सामाजिक संजाल लगायत सबै क्षेत्रबाट नेफकुन सुर्खेत घटनामा देखाउनु भएको हार्दिकता र सुझावलाई उच्च सम्मान र अभियानको निरंतरता प्रतिको माया र बिश्वासको रुपमा लियकोछु।स्वभावैले घटनाको प्राकृति आफैमा दुस्खद र पदियदायित्व निर्भामा जवाफदेही हुननसकेको शुक्रबार बेलुकी ४बजे देखि अहिले आइतबार बिहान ६ बजे सम्म झन्डै ३६ घन्टाको मेरो अनुभव र ब्यबस्थापन गरिरहदाको निस्कर्स रहेको निवेदन गर्दछु ।लगभग यो समय यतिखेर सम्म कार्यालय बन्द पौष महिनाको मौसम कर्णाली प्रदेश सुर्खेतको घटना भएकोले ब्यबस्थापन उल्लेख गरियजस्तो सहज पक्कै होइन भन्ने सबैले बुझेकै हुन पर्छका बाबजुद पनि आबेसमा दर्ता गरिएको जाहेरी को आधारमा नियन्त्रणमा लिइयका ब्यबस्थापनका साथीहरू शुक्रबार रातिनै आफ्नो बासस्थानमा पुर्याउनु हिजो सबैपक्षको सहभागितामा जाहेरी फिर्ता लिने परिस्थिति लाई क्रमश सामान्य बनाउदै लैजाने कार्यमा समन्वय गर्नुभयका सबैलाइ हिर्दयदेखी स्मरण गर्न चाहान्छु।
अहिलेसम्म सबै सम्भावना अबलम्बन गरिएको र यसलाई तार्किक निस्कर्समा लैजान पटक पटक पदाधिकारी संचालक अभियानका साथीहरू र सन्चारक्षेत्र म्यानेजर्स साथीहरूसङ निरन्तरता समन्वय सम्पर्कबाट नै सम्भावना हुन सकेको र आज नै संचालक,ब्यबस्थापनमा सम्लग्न साथिहरुको प्रतिबेदन प्राप्त हुने र आजनै संचालक समितिको आकस्मिक बैठक बस्ने र बिनिमय, ऎनको परिधिभित्र रहि उपयुक्त निर्णय लिइने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु । नेफ्स्कुन संचालक समितिको लामो अनुभबि साथीहरूबाट सामाजिक संजालमा व्यक्त सदासयता स्मरणीय रहेको आफुलाइ अनुभुति भएको र यो क्षेत्रमा आफ्नो त्यति लामो अनुभव हुन नसके पनि यो क्षेत्र अझ पनि आफ्नो प्राथमिकता को र रोजाईको क्षेत्रभएकोले अनुभवी साथीहरूको सुझाव लाई गम्भीरताका रुपमा लिदै सुझाव अनुसार आफुलाइ सुधार गर्ने र सुसासन आफ्नो पहिलो र अन्तिम बटमलाइन रहेकोे फेरि एक पटक आफुले आफैलाउ स्मरण गर्दै सबैबाटनिरन्तर सहयोगको अपेक्षा गर्दछु ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com