Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

'केही सहकारीले दुई तिन दिनभित्रै अपरेटिङ लाइसेन्स प्राप्त गर्नेछन्'

'केही सहकारीले दुई तिन दिनभित्रै अपरेटिङ लाइसेन्स प्राप्त गर्नेछन्'

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले अबको दुई तीन दिन भित्रै केही सहकारी संस्थाहरुले विद्युतीय माध्यमबाट कारोबार सञ्चालन इजाजतपत्र (अपरेटिङ लाइसेन्स) प्राप्त गर्ने जनाएको छ । 

प्राधिकरणका अनुसार आज मङ्सिर १६ गते मध्यान्हसम्म ६ सय ७४ वटा सहकारी संस्थाले दर्ता अभिलेखीकरण प्रयोजनका विद्युतीय माध्यबाट (सफ्टवेयरमा) तथ्याङक प्रविष्टि प्रक्रिया शुरु गरेका छन् । जसमध्ये कोशी प्रदेशका ९६ वटा संस्था, मधेश प्रदेशका ६०, बागमतीका ३ सय १०, गण्डकीका ९७, लुम्बिनीका ५७, कर्णालीका १७ र सुदूरपश्चिमका १६ सहकारी संस्थाले तथ्याङ्क प्रविष्टि गरेका छन् ।

प्राधिकरणको एड्मिन प्यानलमा यी संस्थाहरुको अवस्था पहिलो चरण अर्थात ‘अन्डर प्रोग्रेस’ मा देखिन्छ । तथ्याङ्क प्रविष्टि शुरु गरेकामध्ये २९ वटा सहकारीको मात्र सम्पूर्ण तथ्याङ्क प्रविष्टि भएको छ । यो भनेको सफ्टवेयरको दोस्रो चरण अर्थात् यी २९ संस्थाहरु ‘टु भेरिभाइ’ को अवस्था हो । यिनमा कोशीबाट २, मधेशबाट ४ जना, बागमतीबाट ११, गण्डकीबाट ६ जना, लुम्बिनीबाट ४ वटा र कर्णालीबाट १ सहकारी संस्था छन् । सुदूरपश्चिमबाट आजसम्म एउटै पनि सहकारीले पूर्णरुपमा तथ्याङ्क प्रविष्टि गरिनसकेको अवस्था छ । यीनै सहकारीमध्येबाट 'भेरिफाई' र 'अप्रुभ' गर्ने प्रयोजनका लागि प्रदेशगत रुपमा ७/७ जनाको हिसाबले कार्यविभाजन गरिएका प्राधिकरणको जनशक्तिले काम अघि बढाउनेछ । 

अब सबै तथ्याङ्क प्रविष्टि गरेका सहकारीहरुको दुई तीन दिनभित्रै कागजात र विवरण भेरिफाई गरी कारोबार सञ्चालन स्वीकृति प्रदान गरिने प्राधिकरणका कार्यकारी निर्देशक डा. शेषनारायण पौडेलले धिप्री डटकमलाई जानकारी गराए । त्यस्ता सहकारीहरुले विद्युतीय माध्यमबाटै कारोबार सञ्चालन इजाजतपत्र आफ्नै ठाउँबाट प्रिन्ट गर्न सक्ने प्राधिकरणले जनाएको छ । उनले भने, 'त्यसपछि क्रमशः डकुमेन्ट पुगेकाहरुको भेरिफाइ र अप्रुभ हामी गर्दै जान्छौं । हामी रोकिदैनौं ।'

सहकारीहरूले उत्साहजनक रुपमा युजरनेम र पासवर्ड लिएर आफ्नै कार्यालयबाट तोकिएका विवरण र कागजातहरू अपलोड गरिरहेको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले तोकिएको ६० दिनभित्रै सबै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुल सञ्चालन अनुमतिपत्र (लाइसेन्स) लिने विश्वास व्यक्त गरे । 

DSC03269_11zon.jpg
कार्यकारी  निर्देशक डा. शेष नारायण पौडेल

उनले सहकारी संस्थाहरुको वर्गीकरण गरी नियमन तथा अनुगमन सहजताका लागि दर्ता,अभिलेखीकरणको कार्य अगाडि बढाइएको बताए । सहकारी ऐनमा भएको पछिल्लो संशोधनको दफा २० (क) मा एक बर्षभित्र बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरु प्राधिकरण वा प्राधिकरणले तोकेको निकायमा दर्ता अभिलेखीकरण हुनुपर्ने व्यवस्था गरिएको छ ।  

सोही अनुरुप प्राधिकरणले यही मंसिर १० गतेदेखि बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुलाई सहकारी ऐन २०८२ (पछिल्लो संशोधन) अनुसार दर्ता अभिलेखीकरण प्रक्रिया सफ्टवेयरमार्फत शुरु (खुला) गरेको थियो । सोही दिननै एउटा सहकारीले सबै प्रक्रिया पूरा गरी इन्ट्री गरिसकेको थियो ।

भोलिपल्टदेखि अन्य सहकारीहरुले पनि म्यानुअल अनुसार अभिलेखीकरणको काम शुरु गरेको जानकारी प्राधिकरणले उपलब्ध गराएको छ । दैनिक जसो सहकारीहरुले तथ्याङ्क प्रविष्टि गरेको, जानकारी लिने गरेको भन्दै प्राधिकरणले पनि एनीडेस्कमार्फत प्रक्रियामा सहजीकरण गरेको जनाएको छ ।

DSC03260_11zon.jpg
निर्देशक एवम् सूचना अधिकारी ज्ञाननाथ ढकाल

प्राधिकरणका निर्देशक एवम् सूचना अधिकारी ज्ञाननाथ ढकालले सहकारी संस्थाहरुको नियमनका लागि प्रविधिमा आधारित प्रणालीको विकास र प्रयोगको लागि सफ्टवेयर तयार गरिएको भन्दै उक्त सफ्टवेयर प्रणालीमा व्यवस्थित र सहज ढंगले तथ्याङ्क प्रविष्टि, व्यवस्थापन गर्ने र अन्ततः संस्था दर्ता अभिलेखीकरण गर्ने भन्नका लागि प्रयोगकर्ता पुस्कितका (युजर म्यानुअल) समेत तयार गरी वेबसाइट तथा सामाजिक सञ्जालमार्फत उपलब्ध गराएको बताए । यसैगरी, अब चाँडै नै भिडियो सामाग्रीहरु पनि बनाउने तयारी भैरहेको पनि उनले बताए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार