Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

विहारको मुख्यमन्त्रीमा नीतीश कुमारले रचे इतिहास

विहारको मुख्यमन्त्रीमा नीतीश कुमारले रचे इतिहास

एजेन्सी । भारतमा जनता दल युनाइटेडका प्रमुख नीतीश कुमारले प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) का वरिष्ठ नेताहरूको उपस्थितिमा आज १०औँ पटक बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् ।  

७४ वर्षीय नीतीश कुमार सन् २०१४–१५ बीच नौ महिनाको छोटो अवकाश बाहेक सन् २००५ नोभेम्बरदेखि लगातार मुख्यमन्त्री रहँदै आएका छन् । यो सँगै उनले १०औं पटक मुख्य मन्त्री बन्ने इतिहास समेत रचेका छन् ।

मुख्यमन्त्री नीतीश कुमारसँगै समारोहमा दुई उपमुख्यमन्त्री सहित २६ मन्त्रीले मन्त्रीको पनि सपथ ग्रहण भएको छ । ती मन्त्रीमध्ये तीन महिला र एक मुस्लिम विधायक छन् । शपथ ग्रहण पटनाको ऐतिहासिक गान्धी मैदानमा सम्पन्न भएको हो । 

हिजो पटनामा बसेको नयाँ विधायकहरूको बैठकमा जेडीयू विधायक दलले सर्वसम्मतिले नीतीश कुमारलाई पहिलो पटक आफ्नो दलको नेताका रूपमा चुनेको थियो । यसपछि एनडीए विधायक दलले पनि आज उनलाई सर्वसम्मतिले नेता चयन गर्दै नयाँ सरकार गठनको बाटो खुला गरेको हो ।

भारतीय जनता पार्टी (भाजपा) को प्रदेश मुख्यालयमा बसेको बैठकले सम्राट चौधरी र विजयकुमार सिन्हालाई क्रमशः भाजपाको विधायक दलको नेता तथा उपनेता चयन गरेको थियो । बिहारमा विधायक दलको नेतृत्व चयनका लागि केन्द्रीय पर्यवेक्षकका रूपमा आएका उत्तर प्रदेशका उप–मुख्यमन्त्री केशवप्रसाद मौर्यले दुवै नाम प्रस्ताव गरेका थिए जसलाई बाँकी सांसद तथा विधायकहरूले समर्थन जनाएका थिए ।

यसपटक एनडीएले २ सय ४३ मध्ये २ सय २ सिट जित्दै ऐतिहासिक बहुमत हात पार्यो । महागठबन्धन भने ३५ सिटमा सीमित रह्यो । तीन चौथाइ बहुमतसहित एनडीएले राज्यमा विगत १५ वर्षपछि दोहोरो इतिहास बनाएर २ सय भन्दा बढी सिट जित्ने उपलब्धि पुनः दोहोर्याएको छ । सन् २०१० मा पनि गठबन्धनले २०६ सिट जितेको थियो ।

दुई चरणमा नोभेम्बर ६ र ११ मा सम्पन्न भएको बिहार विधानसभा चुनावमा ६७.१३ प्रतिशत मत खसेको थियो । यो सन् १९५१ पछि सबैभन्दा बढी हो । खासगरी महिला मतदाताले ७१.६ प्रतिशत सहभागितासहित पुरुष मतदाताको ६२.८ प्रतिशत सहभागिता पार गर्दै ऐतिहासिक उपस्थिति जनाएका थिए ।
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार