Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

दिवंगत पत्रकार सुरेश रजककी श्रीमतीलाई रोजगारी

दिवंगत पत्रकार सुरेश रजककी श्रीमतीलाई रोजगारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत वर्षको चैत १५ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्न पहल गर्ने बताएका छन् ।

मंगलबार मन्त्रालयमा रजककी श्रीमती सूजन मगियालाई सरकारको तर्फबाट रोजगारी दिँदै यस्तो घोषणा गरेका हुन् ।

उनले सुरेशलाई पत्रकार शहीदको रुपमा घोषणा गर्नुपर्ने आफ्नो माग रहेको र सोहीअनुसार प्रक्रिया अघि बढाउने बताए । सूजनलाई सरकारको तर्फबाट सञ्चार मन्त्रालयअन्तर्गत सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरिएको छ ।

यदी सूजनले अध्ययन गर्न चाहेको खण्डमा कुनैपनि क्याम्पसमा अध्ययनका लागि सरकार र आफ्नो तर्फबाट पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । पत्रकार रजकको २०८१ चैत १५ मा तीनकुनेमा भएको आन्दोलनका क्रममा भिडियो कैद गर्ने क्रममा ज्यान गएको थियो ।

पत्रकार रजकको शालिक बनाउने प्रक्रिया पनि सरकारले अध्ययन गरिरहेको र यसबारेमा सरकारले निर्णय गर्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार