काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्यले पदभार ग्रहण गरेका छन् । उनी २०८२ साल कात्तिक १७ गते बसेको सञ्चालक समितिको ७३६ औँ बैठकको निर्णयानुसार सिईओ नियुक्त भएका थिए ।
एनआईसी एशिया बैंकले प्रमुख कार्यकारी अधिकृत शाक्यको स्पष्ट रणनीतिक दृष्टिकोण, विश्लेषण क्षमता र लामो अनुभवका कारण बैंकले थप सबल, गतिशील र परिणाममुखी अभ्यास गर्दै नयाँ उपलब्धिहरू हासिल गर्ने विश्वास व्यक्त गरेको छ।
तीन दशकभन्दा बढी समयदेखि नेपालको बैंकिङ्ग प्रणालीमा संलग्न शाक्य भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्श (बीकम) र लखनऊस्थित इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्टबाट व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) उत्तीर्ण हुन् ।
उनले सन् १९९६ मा तत्कालिन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए। त्यसपछि उनले हिमालयन बैंक, लक्ष्मी बैंक, र बैंक अफ एशिया नेपालमा विभिन्न नेतृत्वस्तरीय जिम्मेवारीहरू सम्हालेका थिए। विशेषगरी, बैंक अफ एशिया नेपाल लि. र एनआईसी बैंक लि. को मर्जर प्रक्रियामा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले मर्जरपछि बनेको एनआईसी एशिया बैंकमा सहायक महाप्रबन्धकको रूपमा कर्पोरेट बैंकिङ्ग प्रमुख भएर काम गरेका थिए।
सिभिल बैंक लि, जनता बैंक लि., ग्लोबल आईएमई बैंक लि.मा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा अनुभव हासिल गरेका शाक्य नियुक्त हुनुअघि नबिल बैंक लि. मा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com