Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

'रिच ड्याड पुअर ड्याड' को नेपाली अनुवादन ‘धनी बुबा गरिब बुबा’ प्रकाशित हुँदै

'रिच ड्याड पुअर ड्याड' को नेपाली अनुवादन ‘धनी बुबा गरिब बुबा’ प्रकाशित हुँदै

काठमाडौं ।  विश्वप्रसिद्ध लेखक तथा उद्यमी रोबर्ट कियोसाकीको वेस्ट सेलर पुस्तक 'रिच ड्याड पुअर ड्याड' अब नेपालीमा अनुवादित हुने भएको छ । कथालय इन्क प्रालिले उक्त अङ्ग्रेजी पुस्तकको नेपाली भाषामा आधिकारिक अनुवाद तथा प्रकाशन अनुमति प्राप्त गरेको छ । त्यसका लागि कथालय इन्क प्रालि, नेपालले रिच ड्याड अपरेटिङ कम्पनी एलएलसी, एरिजोना यूएसएसँग सम्झौता गरेको छ । सम्झौतामा रिच ड्याड अपरेटिङ कम्पनीका तर्फबाट कार्यकारी अधिकृत किम कियोसाकी र कथालयका तर्फबाट कम्पनीका सहसस्थापक तथा निर्देशक राजीव धर जोशीले सेप्टेम्बर अन्त्यमा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

नेपाली पुस्तक बजारमा कतिपय अन्तर्राष्ट्रिय पुस्तकहरू मूल प्रकाशक वा एजेन्टसँग अनुमति नै नलिई प्रकाशन हुने गरेको छ । कथालय इन्कले यो पुस्तक ‘रिच ड्याड पुअर ड्याड’ लाई आधिकारीक रूपमा नेपाली भाषामा आफ्नो ब्राण्ड विरिडबाट प्रकाशन गर्ने भएको छ । 

हालसम्म यो पुस्तक विश्वभरी ४ करोड प्रतिभन्दा बढी बिक्री भइसकेको छ भने १ सय ९ राष्ट्रमा ५१ भन्दा बढी भाषामा प्रकाशित भइसकेको छ । 

यस सम्झौतापश्चात पुस्तक प्रकाशनले नेपाली प्रकाशनको छविलाई केही हदसम्म राम्रो बनाउन मद्दत गर्ने कथालयका सहसंस्थापक तथा निर्देशक राजीव धर जोशीको विश्वास छ । रिच ड्याड अपरेटिङ कम्पनीसँगको हस्ताक्षर पश्चात् कम्पनीलाई आधिकारिक रूपमा रोयल्टी भुक्तानी गरिसकिएको छ । यस पुस्तकको नेपाली अनुवादपश्चात पुस्तकाको नाम ‘धनी बुबा गरिब बुबा’ रहने छ भने पुस्तक पुस मसान्तभित्र बजारमा उपलब्ध हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार