Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
अमेरिकी शान्ति योजना

इजराइल प्यालेस्टाइनबीच शान्तिवार्ताको 'डे वन' सकारात्मक

इजराइल प्यालेस्टाइनबीच शान्तिवार्ताको 'डे वन' सकारात्मक

एजेन्सी । इजरेल प्यालेस्टाइनबीचको पहिलो दिनको शान्तिवार्ता सकारात्मक रुपमा सम्पन्न भएको छ । इजिप्टको शार्म एल शेख शहरमा जारी उक्त बहुप्रतिक्षित वार्ता कसरी अघि बढाउने भन्ने विषयमा पहिलो दिनको बैठकमा मार्गचित्र कोरिएको छ । वार्तामा हमासका प्रतिनिधिहरुले वार्ताका बाबजूद इजरेलले निरन्तर गरिरहेको बमबारीले चुनौती थपिएको मध्यस्थकर्ताहरुलाई बताएका थिए । पहिलो दिनको वार्ता मुख्यतः कैदीबन्दी र नियन्त्रणमा लिइएकाहरुको रिहाईको तौरतरिका र प्रक्रिया, युद्धविराम तथा गाजामा मानवीय सहायताबारे केन्द्रित थियो ।

यसैबीच, ह्वाइहाउसकी प्रेस सचिवले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरेली बन्दी तथा प्यालेस्टीनी कैदीहरुको शीघ्र रिहाईलाई जोड दिएको बताइन् । उनले शान्तिवार्ताका अन्य योजनाहरु कार्यान्वयनलाई गति दिन पनि प्राथमिक रुपमा बन्दी रिहाइको विषय राष्ट्रपतिले चाहेको बताइन् ।  

हमासले शान्ति योजनाका केही प्रस्तावहरूमा सहमति जनाए पनि, आफ्नो निशस्त्रीकरण र गाजामा भविष्यको भूमिकासम्बन्धी केही महत्वपूर्ण मागहरूमा भने प्रतिक्रिया दिएको छैन ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘आउँदो केही दिनभित्र’ बन्धकहरू रिहाइको घोषणा हुने गत शनिबार बताएका थिए । त्यसैले इजिप्टको सहर शर्म एल–शेखमा अनौपचारिक वार्तालाई चासोका साथ हेरिएको छ ।

अमेरिकी शान्ति योजनाको अन्तिम सम्झौतामा पुग्ने उद्देश्यका साथ इजिप्टको सहर शर्म एल–शेखमा इजरायल र हमासका प्रतिनिधिहरुबीच अनौपचारिक वार्ता सुरु भएको हो ।

बीबीसीका अनुसार वार्ताहरू युद्धबन्दीहरु साटासाटको वातावरण तयार पार्ने विषयमा केन्द्रित छन्, जसअन्तर्गत सबै इजरायली बन्धकहरूको रिहाइको सट्टामा केही प्यालेस्टिनी कैदीहरूलाई मुक्त गरिने प्यालेस्टिनी र इजिप्टेली अधिकारीहरूले बताएका छन् ।

गत ७ अक्टोबर २०२३ मा दक्षिण इजरायलमा हमासले गरेको आक्रमणको दोस्रो वार्षिकोत्सवको पूर्वसन्ध्यामा यो वार्ता शुरु भएको हो । उक्त आक्रमणमा करिब १,२०० जनाको मृत्यु भएको थियो र २५१ जना बन्धक बनाइएका थिए।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार