Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

बाटोमा रोकिएका यात्रु सुरक्षित स्थानमा राख्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

बाटोमा रोकिएका यात्रु सुरक्षित स्थानमा राख्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अविरल वर्षाका कारण लामो दूरीका सवारी साधन आवागमन रोकिएको अवस्थामा बाटोमै रोकिएका यात्रुको व्यवस्थापन गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

अत्यधिक वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, पहिरो र डुबानजन्य जोखिमलाई मध्यनजर गर्दै असोज २० गते सोमबारसम्म सवारी सञ्चालनमा रोक लगाइएपछि गन्तव्यतर्फ प्रस्थान गरिसकेका केही सवारी साधन बाटोमै रोकिएका छन् । त्यसै सम्बन्धमा यात्रुको सुरक्षित व्यवस्थापन गर्न प्राधिकरणले आदेश जारी गरेको हो । साथै प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक ९करिडर सडक० मा साँझ ६:०० देखि बिहान ६:०० बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ ।

 

image-13.png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार