काठमाडौं । सर्वोच्च अदालतले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता र सुनुवाइ गर्ने भएको छ। बिहीबार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले एक विज्ञप्ति जारी गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ गर्ने जानकारी दिएका हुन्।
‘यस अदालतमा आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा सुनुवाइ गर्ने कार्य प्रारम्भ हुने बेहोरा आज बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकको निर्णयानुसार सर्वसाधारण सबैको जानकारीका लागि अनुरोध छ,’ उनले भनेका छन्।
भदौ २४ गते भएको प्रदर्शनको क्रममा सर्वोच्च अदालत सहित काठमाडौंका प्रमुख प्रकाशकीय भवनहरूमा प्रदर्शनकारीले आगजनी गरेका थिए।
आगजनी, ढुंगामुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनमा भएको क्षतिप्रति प्रधान न्यायाधीश राउतले दु:ख व्यक्त गरेका छन्।
सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार बन्दी प्रत्यक्षीकरणको सुनुवाइ एनेक्स भवनमा गर्ने तयारी छ।
‘हामीले कम्युटरहरू राख्ने, बत्ती जडान गर्ने कामहरू गर्यौं। अब केही दिनमा इन्टरनेटको पनि प्रबन्ध पनि गर्दछौं, हाललाई बन्दी प्रत्यक्षीकरणको मात्र सुनुवाइ हुने भएको हो,’ सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘अरू अदालतमा पनि व्यवस्थापन गर्न निर्देशन दिइएको छ।’
प्रधान न्यायाधीश राउतले अदालतका मिसिलका कागजातहरू र भौतिक स्रोत साधनको संरक्षण गर्न खटेका न्यायाधीशहरू, कर्मचारीहरू, कानुन व्यवसायीहरू, कानुनका विद्यार्थीहरू, सुरक्षाकर्मीहरू तथा नागरिकलाई धन्यवाद दिएका छन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com