Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us
बचत संघ मोरङको आयोजनामा अन्तरक्रिया कार्यक्रम

कृत्रिम मुनाफा सिर्जना गरी लाभांश वितरण नगर्ने सामूहिक प्रतिबद्धता

कृत्रिम मुनाफा सिर्जना गरी लाभांश वितरण नगर्ने सामूहिक प्रतिबद्धता

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको आयोजना र उर्लाबारी–मिक्लाजुङ साकोस युनिटको व्यवस्थापनमा २०८२ भदौं १६ गते सोमबार सगरमाथा साकोस, उर्लाबारीको सभाकक्षमा ''नियामक निकायहरुबाट जारी मापदण्ड र निर्देशन सम्बन्धी अभिमुखीकरण तथा सामूहिक ऐक्यबद्धता सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम'' सम्पन्न भएकोछ । 

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले मिति २०८२ जेठ ९ गते जारी गरेको मापदण्ड र सहकारी विभागले मिति २०८२ असार ३२ गते जारी गरेको निर्देशनका प्रावधानका विषयमा संघका बरिष्ठ उपाध्यक्ष एवम् शिक्षा तथा तालिम उपसमितिका संयोजक एकराज निरौलाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाँउपालिकाका २१ वटा सदस्य संस्थाका अध्यक्ष र व्यवस्थापकहरु गरी ३१ जनाको सहभागिता रहेको थियो ।

6eca9c72-5ec4-47ea-bcce-a0e78dcce1a2.jpg
जिल्ला बचत संघ मोरङका अध्यक्ष प्रेमप्रकाश कोइराला

अन्तरक्रिया कार्यक्रम पश्चात नियमाक निकायबाट जारी मापदण्ड र निर्देशनहरु प्राथमिकताका आधारमा पालना गर्ने गराउने र ऋण वर्गीकरणका आधारमा ऋण सुरक्षण गर्ने साथै कृतिम मुनाफा सिर्जना गरी लाभांश वितरण नगर्ने भनी सहभागी सबै संस्थाका प्रतिनिधिहरुले लिखित प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । 

संघका अध्यक्ष प्रेमप्रकाश कोइरालाले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरुको नियमन गर्न सहकारी ऐनमा व्यवस्था भएबमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएकोले कानुन पालनामा विगतमा जस्तो बेवास्ता गरे दण्डीत हुने भएकोले नियमन निकायहरूले जारी गरेका मापदण्ड तथा निर्देशनहरु पालना गर्नुपर्ने बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा नेफ्स्कून पूर्व सञ्चालक तथा सङ्घकी सल्लाहकार गोमा नेपालले नियमन निकायका मापदण्ड र निर्देशनहरु पालना गर्न सबै सहकारी संस्थाहरूले सामुहिक ऐक्यबद्धता जनाउनु पर्नेमा जोड दिनुभयो ।

d379209d-dc98-4699-9a22-91f2da8caa76.jpg
नेफ्स्कून पूर्व सञ्चालक तथा जिल्ला बचत संघ मोरङकी सल्लाहकार गोमा नेपाल

कार्यक्रममा नगर सहकारी सञ्जाल उर्लाबारीकी अध्यक्ष सीता कार्की, सङ्घका सञ्लालक गोपालकुमार घिमिरे, व्यवस्थापक केदारनाथ दुलाल र कार्यक्रम अधिकृत रामकुमार दाहालको समेतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता उर्लाबारी–मिक्लाजुङ साकोस युनिटका संयोजक एवम् सङ्घका सचिव जीवन बस्नेतले गर्नुभएको थियो । कार्यक्रमको संचालन युनिट सदस्य एवम् हाम्रो साकोसका व्यवस्थापक चक्रबहादुर खड्का र स्वागत मन्तव्य युनिट सहसंयोजक मिना कार्कीले गर्नुभएको थियो ।

78023c35-55ae-4be0-ac65-35cd6cff0be2.jpg
अन्तरक्रिया कार्यक्रम
75fde7f2-d99e-4013-a3a8-d2dea481da86.jpg
अन्तरक्रिया कार्यक्रम
2db60a0f-41c8-4dc1-a6b7-c0527ce7f9d1.jpg
अन्तरक्रिया कार्यक्रम

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार