Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सरकारले कालाेबजारी र महँगी नियन्त्रण गर्छ : उपप्रधानमन्त्री सिंह

सरकारले कालाेबजारी र महँगी नियन्त्रण गर्छ : उपप्रधानमन्त्री सिंह

 बुटवल : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले कालाेबजारी र महँगी नियन्त्रण गर्ने बताउनुभएकाे छ । चाडबाड नजिकिएसँगै बजारका कालाेबजारी र महँगी बढेकाे गुनासाे आउने गरेकाे भन्दै सरकारले कडाइका साथ अनुगमन गरिरहेकाे बताउनुभयाे ।

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले बुधबार बुटवलमा आयाेजना गरेकाे `दैनिक उपभाेग्य वस्तुकाे सुनिश्चितता : उपभाेक्ताकाे अधिकार हाम्राे चासाे´ विषयक अन्तरसंवाद कार्यक्रममा सम्बाेधन गर्दै उपभाेक्ताले सहज र सुलभ रूपमा स्वस्थ खाद्यान्न पाउनुपर्नेमा सरकार प्रतिवद्द रहेकाे बताउनुभयाे । उहाँले चाडवाडकाे माैका छाेपेर कालाेबजारी गर्ने र उपभाेक्ताकाे स्वास्थ्यमा खेलवाड गरेकाे पाइएमा सरकारले कडा कारवाही गर्ने चेतावनी पनि दिनुभयाे ।

उपप्रधानमन्त्री सिंहले उपभाेग्य वस्तुकाे आन्तरिक उत्पादन बढाउनुपर्नेमा पनि जाेड दिनुभयाे । अहिलेकाे सरकार जनताकाे जीवन र जिविकाप्रति गम्भीर रहेकाे भन्दै उहाँले उपभाेक्ताकाे हकअधिकार सुनिश्चित गर्न सरकार प्रतिवद्द रहेकाे बताउनुभयाे । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अन्तरसंवादले उपभाेक्ताकाे हकअधिकार सुरक्षित गर्ने र उपभाेक्तामैत्री नीति बनाउन सहयाेग पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन, लुम्बीनी प्रदेशका विभिन्न जिल्लाका कांग्रेसमा पार्टी सभापति, उद्याेग वाणिज्य संघका अध्यक्ष प्रतिनिधि एवम् रूपन्देहीका उद्याेगी व्यवसायी र उपभाेक्ताहरूकाे सहभागिता थियाे । कार्यक्रममा सहभागिहरूले सिमावर्ती जिल्लाहरूमा अस्वस्थकर सामाग्री भित्रिरहेकाले त्यसलाई राेक्नुपर्ने, कालाेबजारी नियन्त्रण गर्नुपर्ने र चाडपर्वकाे मुखमा महँगी नियन्त्रणमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार