Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us
कार्यसम्पादन सम्झौता

अपेक्षाकृत नतिजा आउने गरी काम गर्न मन्त्री बलराम अधिकारीको निर्देशन

अपेक्षाकृत नतिजा आउने गरी काम गर्न मन्त्री बलराम अधिकारीको निर्देशन

काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा अपेक्षाकृत नतिजा आउने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मंगलबार मन्त्रालयमा आयोजित मन्त्रालय मातहतका विभिन्न निकायहरुसँगको कार्यसम्पादन सम्झौता कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकारको पहिलो प्राथमिकता भूमि प्रशासन र सहकारी क्षेत्रको दिगो विकास रहेको उल्लेख गर्नुभयो ।

सकारी क्षेत्रमा सर्वसाधरणको बचत रकम फिर्ता गरेर सहकारीलाई पुरानै लयमा फकार्उन र भूमिहिन, दलित, किसान र अव्यवस्थित बसोबासीको समस्या सधैका लागि समाधान गर्ने कुरामा सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरेको मन्त्री अधिकारीको भनाइ थियो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्मा र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतमसँग मन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि ठोस कदम चाल्न र यस क्षेत्रको दिगो बिकासका लागि तत्काल एक्सनमा जान र सर्वसाधरणको बचत रकम फिर्ताको विषयमा गम्भीर बनेर काम गर्न निर्देशन दिनुभयो ।

मन्त्री अधिकारीले सहकारी नियमन प्राधिकरणका अध्यक्षसँग १० बुँदे र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसँग १६ बुँदे कार्यसम्पादन सम्झौता गर्नुभएको थियो भने राष्ट्रिय भूमि समस्या समाधान आयोगका अध्यक्षसँग ७ बुँदे ।

सम्झौतापछि तीनै निकायका अध्यक्षहरुले कार्यसम्पादन सम्झौतामा उल्लेखित विषयहरु कार्यान्वयनमा लैजान सम्बन्धित महाशाखा र विभागसँग पनि आफूले कार्यसम्पादन सम्झौता गरी निरन्तर पहलकदमी लिने प्रतिबद्धता जनाउनुभएको थियो । मन्त्री अधिकारीले मन्त्रालयका सचिव केदारनाथ सर्मासँग यस अगाडि नै कार्यसम्पादन सम्झौता गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार