Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
धिप्री लेन्स

पशुपतिमा यस्तो देखियो तीजको रौनक (तस्बिरहरु)

पशुपतिमा यस्तो देखियो तीजको रौनक (तस्बिरहरु)

काठमाडौं । आज हरितालिका तीजको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा पुजा अर्चना गरेको भीड देखिन्थ्यो । विशेष गरी विवाहित महिलाले आफ्नो श्रीमानको लामो आयुको कामना गर्दै र अविवाहित महिलाले राम्रो वर पाऊँ भनी व्रत बस्ने चलन रहेको यस पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ।

पशुपतिनाथ मन्दिर परिसरमा हरेक वर्ष तीजको दिन अत्यधिक भीड हुने भए तापनि यस वर्ष भने विगतका वर्षहरूमा जस्तो लामो लाइन देखिएको छैन। यसपालि व्यवस्थापन पक्षले केही नयाँ उपायहरू अपनाएका कारण सहज रूपमा दर्शन सम्भव भएको देखिन्थ्यो । यद्यपि, अपरान्हतिर भने केही भीड बढेको थियो ।

यस वर्ष पशुपतिमा पहिलो पटक मुख्य गेटमा कृत्रिम वाटर ड्रपलेट राखिएको छ । यसले गर्दा लामो समय लाइनमा बस्ने भक्तजनहरूलाई गर्मीबाट राहत मिलेको छ । मन्दिरको प्रवेश द्वारदेखि नै सहज र व्यवस्थित तरिकाले दर्शनको लागि लाइन मिलाइएको छ।

तीजको अवसरमा काठमाडौँ उपत्यकाका अन्य शिवालयहरूमा पनि भक्तजनहरूको उपस्थिति उल्लेख्य रहेको छ । सुरक्षा व्यवस्था चुस्त बनाइएको र स्वयंसेवकहरू परिचालन गरी भक्तजनलाई सहयोग गरिएको देखिन्छ।

DSC04254_11zon (1).jpg
धिप्री लेन्सबाट तीज
DSC04080_11zon.jpg
धिप्री लेन्सबाट तीज
DSC04083_11zon.jpg
धिप्री लेन्सबाट तीज
DSC04016_11zon (1).jpg
धिप्री लेन्सबाट तीज
DSC04106_11zon.jpg
धिप्री लेन्सबाट तीज
DSC04074_11zon.jpg
धिप्री लेन्सबाट तीज

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार