Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

कागेश्वरी मनोहरा नगरपालिका र जेनेस सोलुसनबीच डिजिटल साक्षरताका लागि समझदारी

कागेश्वरी मनोहरा नगरपालिका र जेनेस सोलुसनबीच डिजिटल साक्षरताका लागि समझदारी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका र जेनेस सोलुसन प्रा लि.बीच डिजिटल साक्षरता र कार्यस्थल तत्परता अभिवृद्धिका लागि पाँचवटा १०–दिने आईटी तालिम कार्यशालाहरू र तीन–महिने विस्तारित सिकाइ कार्यक्रम सञ्चालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार तालिम कार्यक्रमहरूमार्फत नगरभित्रका युवाहरूलाई सूचना प्रविधिसँग जोडेर रोजगारीमुखी बनाउने र उनीहरूलाई आफ्नै नगरपालिकामै अवसर सिर्जना गर्ने लक्ष्य लिइएको छ।

हस्ताक्षर कार्यक्रममा बोल्दै नगरप्रमुख उपेन्द्र कार्कीले युवाशक्ति नै भविष्यको आधार भएकाले आईटीसँग जोडेर युवालाई सक्षम बनाउँदै रोजगारीका अवसर सिर्जना गर्नु नगरपालिकाको प्राथमिकता रहेको बताउनुभयो । नगरपालिका युवामैत्री नीति तर्फ प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।

यस सहकार्यबाट नगर क्षेत्रभित्रका युवाहरूलाई व्यावहारिक सीप, डिजिटल दक्षता, र कार्यस्थलमा आवश्यक सामाजिक तथा प्राविधिक तयारीमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार