काठमाडौं । रुसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि जापानमा सुनामी आएको छ भने अमेरिकामा पनि सुनामीको चेतावनी जारी गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले बुधबार दिएको जानकारीअनुसार रुसको सुदूरपूर्वी कामचट्का प्रायद्वीपनजिकै ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। यता जापानमा भने करिब १२ इन्च रहेको सुनामीका छाल होक्काइदो प्रान्तको उत्तरी भागमा आइपुगेको हो । भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर (८५ माइल) टाढा र १९ किलोमिटर गहिराइमा गएको हो । शक्तिशाली भूकम्पपछि अमेरिकाका हवाई लगायत विभिन्न क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।
रुसको काम्चात्का प्रायद्वीपमा सुनामीको जोखिम रहेको भन्दै त्यहाँका गभर्नर भ्लादिमिर सोलोदोभले स्थानीय बासिन्दालाई तटीय क्षेत्रहरूबाट टाढा रहन आग्रह गर्नुभएको छ । सुनामीले होक्काइदोको उत्तरपूर्वी भागमा अवस्थित बन्दरगाह सहर नेमुरोलाई प्रहार गरेको छ। क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको जनाइएको छ ।
जापानी प्रधानमन्त्री सिगेरु इसिबाले अधिकारीहरूले परिस्थितिको मूल्यांकन गरिरहेकोू बताउँदै उद्धारमा प्राथमिकता दिइने बताउनुभयो । अहिलेसम्म कुनै हताहतको पुष्टि भएको छैन।
प्रधानमन्त्री इसिबाले नागरिकहरूलाई तटबाट टाढा रहन र उच्च क्षेत्रमा सर्न अपिल गर्नुभएको छ । जापानको मौसम विज्ञान एजेन्सीले स्थानीय समयअनुसार बिहान ८:२५ बजे भूकम्प गएको बताएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com